Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बैतडीका एक युवकको बबई नदीमा डुबेर मृत्यु

By साझासवाल

<p><b>असार ७, बर्दिया (रासस)| </b>नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत&nbsp; विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।</p><p>&nbsp;दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका ती विद्यार्थीको मृत्यु भएको नमूनाका&nbsp; प्रधानाध्यापक&nbsp; पूर्णचन्द्र पोखरेलले बताउनुभयो । बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो ।</p>