2026-09-13 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीन स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेनन्

असार १४, बैतडी । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६ / ७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन् । कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तर, दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।   

तयारी नपुगेकोले असार १० मा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । आज नगरकार्यपालिकाको बैठक रहेको र आइतबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने उहाँले बताउनुभयो । पाटन नगरपालिकामा पनि आइतबारसम्म बजेट सार्वजनिक गर्ने तयारी भएको नगरउपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो ।

यस्तै पुर्चौडी नगरपालिकाले असार २० गतेपछि मात्रै आगामी वर्षको बजेट सार्वजनिक हुने जनाएको छ । वडास्तरमा योजना तर्जुमा काम नसकिएको, टोल, बस्ती भेला जारी रहेकोले एक हप्ता अझै लाग्ने नगरप्रमुख रणबहादुर कुँवरले बताउनुभयो ।  

जिल्लाका १० मध्ये सात स्थानीय तहले यसअघि बजेट प्रस्तुत गरिसकेका छन् । मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले  बजेट सार्वजनिक गरिसकेका हुन् ।  

डिलाशैनी गाउँपालिकाले रु ४६ करोड ६२ लाख ४२ हजार , मेलौली नगरपालिकामा रु ३७ करोड ६५ लाख ८९ हजार, शिवनाथ गाउँपालिकाले रु २८ करोड ७९ लाख १५ हजार ७९२  को बजेट सार्वजनिक गरिसकेकोे छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाले रु ४७ करोड पाँच लाख ९३ हजार , सिगास गाउँपालिकाले ४१ करोड ६६ लाख २३ हजार, सुर्नया गाउँपालिकाको रु ३१ करोड र पञ्चेश्वर गाउँपालिकाले रु ३३ करोड ४४ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले