कृष्ण बिष्ट | असार २३, बैतडी | जिल्ला प्रहरी कार्यालय बैतडीले बालमजदुरको रुपमा भारत तर्फ गरीरहेका २ बालकलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको छ ।
दार्चुलाको मालिकार्जुन गाउपालिका २ भगवती न्वालि पानिका १५ वर्षीय गौरव धामी र सोहि ठाउका महेस सिह धामीलाई उद्धार गरि परिवराको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कामको सिलसिलामा भन्दै भारतको पिथौरागड जादै गरेका ति बालकहरुलाई जिल्ला सदरमुकाम गोठलापनिबाट उद्धार गरी अभिभावकको जिममा लगाइएको डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।