कृष्ण बिष्ट | असार २३, बैतडी | बैतडीको पुचौडी नगरपालिकाको कर्यालय र वडा कार्यालयहरुमा अज्ञात समुहले तालाबन्दी गरेको छ । नगरपालिका लगायत १० वटै वडाहरुहरुमा अज्ञात समुहले हिजो राति तालाबन्दी गरेको हो ।
यस्तै नगरपालिका अन्तगतका २ वटा वडाहरुमा संकास्पद बस्तुसमेत फेला परेको वडा नं ३ अध्यक्ष एवं नगर प्रवक्ता दल बहादुर धामीले जानकारी दिनुभयो ।वडा नं ३ र ५ को कार्यालयमा रातो कपडाले बेरेको संकास्पद बस्तु फेला परेको उहाँको भनाइ छ । भेटिएको संकास्पद वस्तु अहिले सम्म निष्कृय पारिएको छैन ।
पुचौडी नगरपालिकाको कार्यालयमा लागेको ताला नगरप्रमुख र उपप्रमुखले पुरघाँट प्रहरिचौकि पुचौडि हाँटको सहयोगमा ताला खोले पनि अन्य वडा कार्यालयमा तालाबन्दीनै गरिएको नगरपालिकाले जनाएको छ । ताला कस्ले लगायो भन्ने अहिले सम्म पत्ता लागेको छैन ।
अहिले नगरपालिकामा बैठक बसिरहेको छ । यता जिल्ला प्रहरी कार्यालयका प्रहरिनायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले भने नगरपालिकाका प्रत्येक वडाहरुमा लागेको ताला खोल्न पुरघाट प्रहरी चौकि हाँटलाइ निद्रदेशन दिएको जानकारी दिनुभएको छ । अन्य जिल्लाहरुमा नेत्र विक्रम चन्द नेकपाको विप्लव समुहले तालाबन्दी गरिराखेकोले बैतडीमा पनि विप्लवले नै गरेको हुनसक्ने आशंखा गरिएको छ ।