२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ३ बालकको भारतबाट उद्धार

२५ असार २०७६, बुधबार १३:०७

कृष्ण बिष्ट | असार २५, बैतडी | पछिल्लो समय भारत सँग सिमाना जोडिएको जुलाघाट नाकाबाट श्रमिकका लागि बालबालिका भारत जाने क्रम बढेको छ  । एक हप्ता अघि जिल्ला प्रहरी कार्यालयको टोलिले २ बालबालिकाको उद्धार गरी परीवारको जिम्मा लगाइएकोमा हिजो (मंगलबार) पनि ३ बालबालिकाको भारतको पिथौरागडबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

मंगलबार सिमा प्रहरी चौकी झुलाघाटले भारतिय प्रहरी सँग समन्वय गरी पिथौरागडबाट सुर्नया गाउपालिकाका किसन दमाइका छोरा १७ वर्षीय पुस्कर दमाइ, दोगडाकेदार गाउपालिका ३ का गजेन्द्र भुलका छोरा १७ वर्षीय लक्ष्मण भुल र सोहि ठाउका गणेश भुलका छोरा १७ वर्षीय प्रकाश भुलको पिथौरागड बाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेयले जानकारी दिनुभयो । बालश्रमिकको रुपमा भारतमा काम गरीरहेको सुचनाका आधारमा भारतीय प्रहरी सँग समन्वय गरी उद्धार गरिएको उहाले बताउनुभयो । 


तिन वटै बालकका अभिभावक सहित सुर्नाया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दिनेश प्रसाद भट्टलाई प्रहरी कार्यालयमा बोलाई जिम्मा लगाइएको प्रहरी कार्यालयले जनाएको छ । यस अघि गत शनिबार जिल्ला प्रहरी कार्यालय बैतडीले बालमजदुरको रुपमा भारत तर्फ गरिरहेका दार्चुलाका २ बालकलाई उद्धार गरि अभिभावकको जिम्मा लगाएको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो