जेठ ११, शनिश्चरे, (झापा) Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, शनिश्चरे, (झापा)
२० मंसिर २०८२, शुक्रबार
काठमाडौँ - KTM

लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता सम्पन्न

१३ जेष्ठ २०७३, बिहीबार ०६:१६

जेठ ११, शनिश्चरे, (झापा) । ग्ल्यारमस नेपालको आयोजना तथा रिहान ज्वयल को ईभेण्ट म्यानेजमेन्टमा बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले झापाको शनि–अर्जुनमा लिटल प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगिता भव्य तथा सभ्य रुपमा समापन भएको छ ।

उक्त कार्यक्रममा ६ वर्ष देखि १० वर्ष र ११ देखि १४ वर्ष सम्मका बालबालिकाको सहभागिता रहेको थियो । ६ देखि १० वर्ष सम्मका मध्ये प्रिन्सेस तर्फ मनिषा राई विजेता भएकी छिन भने ११ देखि १४ वर्ष तर्फ नुमा सुब्बा विजेता भएकी थिईन । दुवैजना प्रगती सेकेण्डरी स्कूल शनिश्चरेमा अध्ययनरत छन् । फस्ट रनरअप स्मृती तिम्सिना एम्स एकेडेमी शनिश्चरे , सेकेण्ड रनअरअप अनुष्का कटुवाल शनिश्चरे मा.वि. र थर्ड रनअरअप रिया लिम्बु सिर्जना स्कूल शनिश्चरे ।

त्यसैगरि प्रिन्स तर्फ ६ देखि १० वर्ष सम्मका लिजन गौतम एम्स एकेडेमी, ११ देखि १४ सम्ममा विश्वास बुढाथोकी सिर्जना स्कूलका विजेता भएका छन् । जसमा फट रनअरअप सन्देश खतिवडा प्रगती सेकेण्डरी स्कूल, सेकेण्ड रनअरअप उदय तामाङ्ग रुपरत्न मेमोरियल शनिश्चरे र थर्ड रनअरअप दिक्षीत राजवंशी एम्स एकेडेमी शनिश्चरे ।

सब टाईटल तर्फ ब्यूटिफुल क्याटवाल्क मा मनिषा राई, वेष्ट ट्यालेण्ट मोनाली डे, वेष्ट फ्रेण्डसिप अंकिता विष्ट, लब्ली पोज कृतिका खनाल, वेष्ट स्किन रिया लिम्बु, वेष्ट एक्सप्रेसन अनुष्का ढकाल, वेष्ट पर्सनालिटी अनुष्का कटुवाल, वेष्ट पर्फमेन्स सृजल कोईराला, ब्यूटिफूल स्माईल जुलिया सुब्बा, मोष्ट कन्फिडेन्ट स्मृति तिम्सिना, मोष्ट हेल्पफुल अनामिका सञ्जेल, मोष्ट ब्यूटिफुल एलिसा बुढाथोकी, वेष्ट फोटोजेनिक रुपाज्योती धमला, ब्यूटिफुल ईयर जेनिषा राई, मोष्ट प्रिटी नुमा सुब्बा, वेष्ट डिसिप्लेन गृष्मा रेग्मी रहेकाथिए भने ब्वाईज तर्फ वेष्ट पर्फमेन्स पंकज भण्डारी, मोष्ट डिसिप्लेन सन्देश खतिवडा, मोष्ट कन्फिडेन्ट उदय तामाङ्ग, वेष्ट फोटोजेनिक दिक्षीत राजवंशी, मोष्ट हेन्डसम विश्वास बुढाथोकी, वेष्ट स्माईल दिपज्वल राई, वेष्ट ट्यालेण्ट लिजन गौतम, वेष्ट स्किन हुसेन खान रहेका थिए ।

प्रतियोगिताको मूख्य निर्णायकमा नेपाल जेसिसका पूर्व उपाध्यक्ष तथा समाजसेवी भेषराज भण्डारी(प्रशान्त) तथा निर्णायकहरुमा मोडल प्रनिशा उदाश, ड्रेस डिजाईनर,अन्तथराष्ट्रिय खेलाडी, मेचीनगर लेडी जेसिज का अध्यक्ष उषा श्रेष्ठ तथा डि.जे.,मोडल अर्जुन उप्रेती रहनुभएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस झापा जिल्ला सभापति उद्धव थापा, विशिष्ट अतिथीहरुमा वरिष्ट पत्रकार तथा समाजसेवी दिपेन राई, शसस्त्र प्रहरिबल शनिश्चरेका डि.एस.पि. बहादुर सिंह थापा र धर्मोदय संस्था झापाका अध्यक्ष तथा नेवाः देयः दवुः का केन्द्रिय सदस्य दिनेश शाक्य रहनुभएको थियो ।

ग्ल्यामरस नेपालका सञ्चालिका कविता ज्वयल श्रेष्ठको अध्यक्षतामा सम्पन उक्त कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मण ज्वयल श्रेष्ठ तथा कार्यक्रमको उद्देश्यमाथि वलिउड मोडल तथा ग्ल्यामरस नेपालका संस्थापक अध्यक्ष आशिम ज्वयल श्रेष्ठले प्रकाशपार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ऋतिष्मा सुनुवार तथा अमित खम्बुले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने