2026-10-10 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी राष्ट्रिय दोहोरी प्रतियोगितामा उत्कृष्ट

कात्तिक २, नवलपरासी | मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ । 

नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो । प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली रोधी घर बुटवलका राजकुमार न्यौपानेको समूह तृतीय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी लालमाया थापाको समूहले सान्त्वना स्थान हासिल गरेको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको सहकार्यमा बर्दघाटस्थित दौंतरी एफएमले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको उक्त प्रतियोगिताका विजयी समूहलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, दश हजार र पाँच हजारले पुरस्कृत गरिएको एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले बताउनुभयो । 

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले नेपालीको पहिचानको रुपमा रहेको लोक संस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्कृतिको संरक्षणका लागि यस किसिमको प्रतियोगिता कोशेढुङ्गा सावित हुने भन्दै निरन्तरतामा जोड दिनुभयो । सो अवसरमा चर्चित लोक कलाकार शान्ति श्री परियार, नारायण लेकाली, भरत क्षेत्री, भूपराज न्यौपानेलगायतले आफ्ना गीतसङ्गीतमार्फत दर्शकलाई मनोरञ्जन गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध