२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुध्रिएनन् म्यानपावर कम्पनी, ६ महिनामै २३ करोड ९१ लाख ठगीको उजुरी

२०७६, ९ माघ बिहीबार ०९:५९


<!– copy body –>
<script src="//ajax.googleapis.com/ajax/libs/jquery/1.8/jquery.min.js"></script>
<script src="/path/a/jquery.smartbanner.js"></script>
<script type="text/javascript">
$().smartbanner();
</script>
<!– end copy body –> मनोज पराजुली
 माघ ९, काठमाडौं । वैदेशिक रोजगारीको लागि चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजार भन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिना देखि पुससम्म ६ महिनाको रेकर्ड अनुसार रोजगारीको लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।

गत कार्त्तिक महिनामा ५१ हजार ५ सय, असोजमा  १९ हजार ५ सय ४२, भाद्र महिनामा  ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् । गत मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना र  संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २४ हजार  २९ रहेको छ ।  पुस महिनामा ५२ हजार ९ सय ६ जनाले श्रम स्वीकृति लिएका छन् जसमध्ये ४८ हजार ७ सय ५८ पुरुष र ३ हजार ३ सय ६७ जना महिला रहेका छन्  ।सो मध्ये दक्षिण कोरियाको लागि ७ सय ३१ पुरुष र ५० महिलाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 

व्यक्तिगत भन्दा संस्थागत ठगी बढी 

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगी भन्दा संस्थागत ठगीका उजुरीसंगै क्षतिपूर्ति मागदावी रकम पनि बढी रहेको पाइएको छ । संस्थागत रुपमा अर्थात म्यानपावर मार्फत नै वैदेशिक रोजगारीमा ठगिएको भन्दै पुस महिनामा मात्रै विभागमा १ सय ७ उजुरी दर्ता भएको छ । ती उजुरीमा कुल ४ करोड ६१ लाख ८० हजार ४ सय ५ रुपैयाँ क्षत्तिपुर्ति माग गरिएको छ ।  विभागको रेकर्ड अनुसार हालसम्म ठगीका ७ सय ४८ उजुरी परेको छ, जसमा २३ करोड ९१ लाख ५ हजार १ सय ९३ रकम क्षतिपुर्ती मागदावी गरिएको छ । 

व्यक्तिगत तर्फ पुस महिनामा ३७ उजुरीमा १ करोड ९२ लाख ९५ हजार क्षतिपुर्ती रकम माग दावी गरिएको छ जसमध्ये १९ वटा ठगीका उजुरी उपर ७० लाख ५७ हजार ५ सय विगो दावी गरि अदालतमा मुद्धा दायर गरिएको विभागले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा हालसम्म व्यतिगत नै २ सय ४६ ठगीका उजुरीमा १७ करोड ४६ लाख ६७ हजार ४१ रुपैयाँ क्षतिपुर्ति माग गरि उजुरी परेको विभागले जनाएको छ । २ सय ४६ उजुरी मध्ये १ सय ४१ लाई अदालतमा मुद्धा दायर गरि १३ करोड ७२ लाख ३१ हजार ६ सय ९५ रुपैंया विगो दावी गरिएको विभागले जनाएको छ ।

६ महिनामै २३ करोड ९१ लाख ठगीको उजुरी 

विभागले पुस महिनामा ४ वटा म्यानपावर कम्पनीको आकष्मिक अनुगमन गरेको जनाएको छ । आरबी ओभरसिज, लाइफलाइन प्रा. लि, वीन रिक्रुटमेन्ट प्रा. लि. को आकष्मिक अनुगमन गरिएको विभागले जनाएको छ । विभागले आरबीको कारोबार रोक्का गरि २ लाख जरिवाना तिराएको छ त्यस्तै लाइफलाइनलाई ३ लाख र विनलाई २ लाख जरिवाना तिराएको छ । एक्टिभ इम्प्लोइमेन्ट सर्भिस विरुद्ध कन्सल्टेन्सीले वैदेसिक रोजगारीको लागि अन्तर्वार्ता लिएको विषयमा अनुसन्धान भईरहेको विभागले जनाएको छ । विभागले यस वर्षको ६ महिनाको अवधिमा कुल ३९ म्यानपावर कम्पनीलाई ५१ लाख ५० हजार रकम जरिवाना तिराएको छ ।

"मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न"

युएई जान लागत २ लाख ३० हजार: कामदारसँग रकम लिएर गन्दै गर्दा म्यानपावरमा छापा

रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

साझा सबाल मिडियाद्वारा श्रमिकका १० हजार जिज्ञासा सम्बोधन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त