अन्जान दाहाल | केही दिन अगाडी चलचित्र कलाकार संघले आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अन्जान दाहाल | केही दिन अगाडी चलचित्र कलाकार संघले आयो"/>
२०८२, ८ चैत्र आईतवार
काठमाडौँ - KTM

कलाकार संघ जस्तो साझा घरले अवार्ड गर्नु राम्रो होइन: सुदर्शन गौतम

२०७३, १ श्रावण शनिबार १९:३३

अन्जान दाहाल | केही दिन अगाडी चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड विवादै विवादका बिच सकियो । फान अवार्ड निष्पक्ष भन्दा पनि कलाकार संघले अवार्ड गरेर गलत गर्यो भन्नेहरु धेरै भए ।

कलाकार संघले आयोजना गरेको फान अवार्डको विवाद विस्तारै सेलाइरहेको अबस्थामा अहिले पहिलो पटक क्यानडामा हुन लागेको “राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२” को चर्चा भने फिल्मी बजारमा गरमागरम छ । पहिलो त अहिले धेरैले यो अवार्ड क्यानडामा गर्नु असम्भब भनिरहेका छन् तर आयोजक संस्था भने गरेरै देखाउने दाबी गर्दै आइरहेको छ । किन पनि यो अवार्ड क्यानडामा गर्न असम्भब भनिएको हो भने क्यानडामा जान भिषा प्रक्रिया सजिलो छैन किनकी क्यानडाको भिषा प्रक्रिया हामीले सोचेको भन्दा पनि गाह्रो छ ।

यही बिचमा क्यानडामा नेपालबाट कलाकारहरु लगेर अवार्ड गर्नु कम चुनौतीको काम भने पक्कै होइन । पहिलो पटक अन्तराष्ट्रिय स्तरमा हुन लागेको यो अवार्ड २०१७ को जनावरीमा हुने तयारी भइरहेको छ । “नेपालमा आयोजना हुने अवार्डहरु निपष्क्ष नभइरहेको अबस्थामा तपाईहरुले आयोजना गर्न लागेको अवार्ड चाहिँ कसरी निष्पक्ष हुन्छ ?” भन्ने हाम्रो प्रश्नको जबाफ दिँदै क्यानडाबाट आयोजक संस्था अध्यक्ष सुदर्शन गौतमले भने —“हामीले अनलाइन र भोटिङ्ग सिस्टम सुरु गर्नेछौ । जनताले जसलाई भोट गरेर जिताउनु हुनेछ त्यही नै बक्स अफिस फिल्म फेयर अवार्डको विजेता बन्नु हुनेछ । हामी कसैले पनि कुन कलाकारलाई अवार्ड दिने भनेर निधो गर्दैनौ । यो अवार्ड पूर्ण रुपमा प्रजातान्त्रिक र निष्पक्ष गराउन पनि भोटिङ्ग सिस्टम गर्न लागेका हौ ।” उनले अगाडी भने—“क्यानडा सरकारसँग यो अवार्डको विषयमा कुरा हुँदै छ । सिटी मेयर  देखी केन्द्रिय सरकार पनि अवार्डलाई लिएर उत्सुक छन् सहयोगका लागि किनकी नेपाल र नेपालीको पहिचान बचाउन यो अवार्डले क्यानडामा निकै ठुलो भुमिका निर्वाह गर्नेछ ।”

“नेपालबाट बढि भन्दा बढि कलाकारहरु ल्याएर अवार्ड गर्नु हाम्रो उद्येश्य हो र क्यानडा सरकारसँग भिषा सहजका लागि हाम्रो कुरा हुँदैछ”, सुदर्शनले क्यानडाबाट भने । “भर्खरै सम्पन्न कलाकार संघद्वारा आयोजित फान अवार्डलाई कसरी लिनु हुन्छ ?” हाम्रो प्रश्नको उत्तर दिँदै सुदर्शनले भने —“संसारभरीका कुनै पनि अवार्डहरु पूर्ण रुपमा सन्तोषजनक रहेको मैले पाएको छैन । चलचित्र कलाकार संघ भनेको चलचित्रक्षेत्रमा लाग्ने कलाकारहरुको हकहितका लागि लड्ने संस्था हो र यस्ता संस्थाहरुले अवार्ड जस्तो सानो तिनो कुराहरु आयोजना गरेर कलाकार— कलाकार बिच मतभेदको स्थिती बनाउनु राम्रो होइन । कलाकारहरुको समस्याको समाधानको मुखपत्र बन्न सक्नु पर्छ, चलचित्रक्षेत्रलाई अन्तरािष्ट्रय बजारमा पुराउने पहल गर्नुपर्छ, पहिलो त नेपाल सरकारबाट फिल्म उद्योगको रुपमा रुपान्तरण गराउनु पर्छ । खोइ त ?

अहिले कलाकार संघले चलचित्रको अन्तराष्ट्रिय समस्यालाई ध्यान दिनु पर्छ कि अवार्ड गरेर विवादित । सुन्दा अनौठो लाग्न सक्छ अहिलेसम्म अन्तरािष्ट्रय स्तरमा कुनै पनि कलाकार जाँदा कलाकारहरुले म कलाकार हुँ भनेर बोक्ने साझा झण्डा पनि छैन । कलाकारहरु कुनै देश जाँदा “तपाई कलाकार हो भने कुन झण्डा बोक्नु हुन्छ ?” भनेर कसैले सोध्यो भने त्यसको जबाफ दिने उत्तर हुँदैन कलाकारमा । तर यस विषयमा सरोकारवाला निकायहरु भने मौन रहेको छ । बरु यस्ता विषयमा कलाकार संघ देखी चलचित्र विकास बोर्ड लागे राम्रो हुने देखिन्छ । म जानेर वा अन्जानमा नेपाली फिल्मसँग आबद्ध हुन पुगे त्यसैले पनि यो क्षेत्रको माया लाग्छ र अब यो क्षेत्रलाई अन्तरािष्ट्रयकरण गर्न मैले पनि सक्दो प्रयास गर्नेछु ।” अहिले नेपाली विश्वबजारमा पुराउन आबश्यक रहेका कारण यो अवार्ड एतिहासिक हुने उनले हामीसँगको कुराकानीको क्रममा बताए । “हामीले अवार्डका लागि नेपालबाट कलाकार ल्याउँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा र क्यानडाबाट नेपाल फकर्दा क्यानडा विमानस्थलमा पत्रकार सम्मेललनको आयोजन गर्नेछौ । कोही पनि कलाकार वा पत्रकार क्यानडामा गैरकानुनी रुपमा बस्न पाउँदैनन् किनकी हामीले त्यही अनुसार “इमिग्रेशन बोर्ड अफ क्यानडा” सँग कुरा गरेका छौ”, सुदर्शनले भने । नेपालबाट यस अवार्डको संयोजकको जिम्मेवारी सम्हालेका पत्रकार आर.के. सुवेदीले अर्को महिनाबाट नोमिनेशनको काम सुरु गर्ने जानकारी दिए । उनका अनुसार अवार्डमा सहभागी हुन नेपालबाट चलचित्रकर्मी र पत्रकारहरुको भब्य सहभागीता रहनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह