२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि…

२२ चैत्र २०७६, शनिबार ०४:१६

चैत २२, ठिनी | पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किनुभयो ।

विश्वव्यापी महामारीका रूपमा फलिएको कोभिड–१९को रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ–५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समितिसमेत गठन गरेका छन् । यस अगाडि कोरला घुम्न आएका बेनी–जोमसोम सडकखण्डका दुई सरकारी गाडीलाई युवाहरुले बाटोमै रोकेका थिए । गाउँलेसमेतलाई विशेष कामबाहेक बाहिर निस्कन नपाइने नियम लागू गरेका छन् ।

यदि कुनै कारणले कोही नयाँ व्यक्ति गाउँ प्रवेश गरे अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमसमेत बनाएका छन् । लोमान्थाङ–५ कोरोना रोकथामसँग आबद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वारेन्टाइन बसेर मापदण्ड पूरा गर्न सुझाएका थिए । तर पौडेलले क्वारेन्टाइनमा नबस्ने जनाउँदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार लोमान्थाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई रवाना लिएको चार महिनापछि मात्र पौडेल गाउँ आएका थिए । मुस्ताङमा कोरना भाइरसको उच्च जोखिम देखेर क्वारेन्टाइन व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको नेतृत्वमा थासाङ गाउँपालिकाको घासामा जनता आधारभूत विद्यालयमा १० श्यया, घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० श्यया, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथमा छ श्यया, लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङको युवा क्लब भवनमा आठ श्यया र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ वडा कार्यालयमा १४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । हालसम्म सात जनालाई घासाको क्वारेन्टाइनमा राखेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह