साउन ८, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विक"/>
2026-10-10 04:38 AM
काठमाडौँ - KTM

देशको फिक्रि गर्दै जिग्री, यसरी सुरु गर्दैछन् न्युट्रल जनता अभियान

साउन ८, काठमाडौँ । हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । 

राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुन उनले एक लेखमार्फत आग्रह गरेका हुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल । 

हामी जनता कस्तो भने चुनाव आएको बेलामा मेरो पार्टी यस्तो, मेरो नेता यस्तो भनेर तीन फिटमाथि उचालिन्छौं । नेता र पार्टीका लागि घरपरिवार सबै बिर्सिन्छौं । अनि तेरो पार्टीभन्दा मेरो पार्टी ठिक, तेरो नेताभन्दा मेरो नेता ठिक भनेर एक अर्काको टाउको फोर्छौं ।

जब चुनाव जितेर नेता जान्छन् आफ्नो गाउँमा विकास हुँदैन र हुन लागेपनि विभिन्न अवरोध खडा पर्छन् । सोचेजस्तो हिसाबले देश पनि अघि बढ्दैन, नेताले दिएको आश्वासनहरु पनि पूरा हुँदैनन् । अनि तिनै एकअर्काको टाउको फुटाउने हामी जनता चोकको चिया पसलमा जम्मा हुन्छौं, अनि  ‘अनेक थरीका गफ निकालेर कुरा काट्न थाल्छौं ।’

वास्तवमा नेताको राजनीतिले भन्दा हामी जनता–जनताबीचको राजनीतिले गर्दा हाम्रो देश नेपाल यो अवस्थामा आइपुगेको हो । हामी खाली यो नेता त खत्रै हो, भाषण त बबालै दियो भन्ने गर्छौं । अनि चुनावमा नेता आउँदा शिर निहुराएर हजुर भन्दै आउँछन्, भोट माग्छौं, जिताएर पठाउँछौं र चुनावपछि नेताले सिन्को केही नभाँचेपछि चिया पसलमा त्यही नेताको कुरा काट्नमा मात्र सीमित रह्यौं ।

हिजो राजनीतिले भविष्यमा सबथोक दिन्छ, विकास दिन्छ, भविष्य दिन्छ भनेर राजनीतिमा होमिएका हाम्रो बुवा आमाहरुको आज कसैको छोरो छैन, कसैको छोरालाई विदेश पुर्याएको छ भने कसैको छोरालाई देशमै बेरोजगार बनाइदिएको छ ।

५० औं वर्ष राजनीतिमा बिताएका हाम्रा पुर्खाहरुको उपलब्धी यही हो ? पुर्खाहरुले सोचेको विकसित नेपाल यही हो ? अनि हाम्रा पुर्खाहरुले देख्न नपाएको नयाँ र विकसित नेपाल हाम्रो पुस्ताले पनि देख्न नपाए हामी के गर्ने, यो बारेमा पनि हामी सबैले मनन गर्ने कि ?

त्यसैले अब नेता र पार्टीको नाममा विद्यार्थी–विद्यार्थीबीच झगडा हैन, मजदुर–मजदुरबीच झगडा हैन, युवा–युवाबीच झगडा हैन, हामी नेपाली–नेपालीबीच झगडा हैन, हामी सबै नेपाली एक हौं र सुरु गरौं यो फोहोरी राजनीति खेलविरुद्व जनताको आन्दोलन ।

अब हामी सबै मिलेर यस्तो आन्दोलन गरौं जसले भाषण र विनाश हैन काम र विकास मागोस् र त्यो हो नेता र राजनीतिविरुद्व विकासको आन्दोलन । देश विकासको लागि स्वतन्त्र युवाको खाँचो छ । त्यसैले सबै पार्टी नेता त्यागेर आउनुस् छलफल गरौं र मागौं विकास, अनि सुरु गरौं विनाशको आन्दोलन । स्वतन्त्र भएर काम गरे के हुन्न ? धुर्मुस–सुन्तलीबाट सिकौं, त्यसैले बेला आएको छ, ढिलो नगरी सुरु गरौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने