दलसिंह गिरी | साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अन्तत पाचौं सन्तानको रुपमा छोराको जन्म दिए । छोरा जन्मिदा उनीमात्र हैन उनका आफन्तमा समेत खुशी छायो । ऋण काटेर ६ दिने छैटी र नौ दिने नुवार्नी पनि गरे । छोरा जन्मिदाको खुशी र हर्श अहिले पिडामा परिणत भएको छ टमट्टा दम्पतीमा ।
न्यून आए भएका टमट्टाले छोरा जन्मिदा ऋण काटेर खुशी मनाए तर अहिले छोरा विरामी हुँदा छोराको उपचार खर्च जोड्न पनि सकेका छैनन् । विरामी छोराको विलौना पोख्दै सत्य टमट्टा रुदै भन्छिन् – छोरो जन्मदा पिठीआउनी नानु घाउ छियो अहिले त बड्डै भैगो छोरो भयाको ३ महिना भयो' एक रात पनि ढुल्न पायाको नाई, ओख्तोमुलो अर्यापै बिस्तारै भलो होइजाला सुच्या अहिले त उदोहड सबै सुकिगयो । नेका अस्पताल लियापई उदाल्यो भन्दा डाक्टर, ठूला अस्पताल औषधी अन्र्या रुपीया नाई क्या अरौं, भन्दै विलौना पोख्छन् ।
पती गोहोडे टमट्टा छोराको उपचार खर्च जोहोको लागि दिनरात काम खोज्छन् तर दिनभर कमाएको कमाई विहान बेलुका खान मात्र ठिक्क हुन्छ घरमा भएको सानो तिनो खेतीपाती पनि छोरा विरामी भएपछि राम्रो संग लगाउन पाईएका छैनन् । उनी भन्छन् कुनै निकायले आर्थिक सहयोग गरी छोराको उपचार अरिदिनपाए उहिको गुन कहिल्याई बिर्सीन्या छियान ।