बुटवल, ९ साउन । रुपन्देहीमा तरकारीमा किसानले कडा खालको विषादी प्रयोग गर्ने गरेका पाइएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुटवल, ९ साउन । रुपन्देहीमा तरकारीमा किसानले कडा खालको विषादी प्रयोग गर्ने गरेका पाइएको छ । 

2026-11-01 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तरकारीमा किसानले कडा खालको विषादी प्रयोग गर्ने गरेको खुलाशा

बुटवल, ९ साउन । रुपन्देहीमा तरकारीमा किसानले कडा खालको विषादी प्रयोग गर्ने गरेका पाइएको छ । 

तरकारी खेतीमा प्रयोग गरिने विभिन्न किसिमका विषादी बिक्री वितरण गर्दै आएका एग्रोभेट सञ्चालकका अनुसार किसानले सामान्य विषादी प्रयोग गर्न छाडेका छन् । जति बढी विषादीको प्रयोग भयो त्यति नै बढी समयसम्म तरकारीमा विषको असर रहन्छ । 

कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले जिल्लाका सूर्यपूरा, खुदाबगर, पटखौली, सिक्टहन लगायतका क्षेत्रमा बढी विषादी प्रयोग भएको बताउनुभयो । तरकारीमा अत्यधिक प्रयोग गरिने विषादीमा रोगट (अर्गानो फोस्टेट), करेन्ट (काबोमेड्स) र सिन्थेटिक पाइरेथ्रोइडस समूहका विषादी तरकारीमा अधिक प्रयोग हुन्छ र यिनीहरुको असर कम्तीमा एक महिनासम्म रहन्छ । 

सामान्यतया विषादी हालिसकेपछि त्यसको असर तीन दिनदेखि एक महिनासम्म रहने गर्दछ । तर पछिल्लो समय कृषकले विषादीको डोज बढाउन थालेपछि त्यसको असर लामो समयसम्म रहने गरेको छ । कृषकलाई विषादीको प्रयोग कम गर्न जनचेतना फैलाउने र विषादी प्रयोगको न्यूनीकरणका लागि प्रयास भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द