२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुस्ताङमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

११ श्रावण २०७७, आईतवार ०७:२४

साउन ११, गण्डकी । हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक  बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ । करिब २० दिनअघि ठाउँठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प भएको छ ।

सडकका कारण आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण यहीँ रोकिन बाध्य छन् मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि त्यही रोकिनु परेको छ । बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरोला सडक खण्ड० का आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध सडक मर्मतलाई तीव्रताका साथ बढाउँदा पनि करिब एक महिना अवधि लाग्ने देखिएको छ ।

सडक अवरुद्धसँगै डिजेल पेट्रोलको अभाव हुँदा यहाँ सञ्चालित कालीगण्डकी करिडोर आयोजना, विभिन्न पुल निर्माणलगायतका काम प्रभावित भएका छन् । ठाउँ ठाउँमा बिजुलीका खम्बा ढली विद्युत् अवरुद्ध भएपछि १३।६ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पोखरा जोमसोम हवाई उडानसमेत सञ्चालनमा आइनसकेको अवस्थामा पोखरामा अलपत्र परेका सर्वसाधारणलाई लक्षित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा चाट्र्ड उडानको तयारी गरिएको छ । अवरुद्ध सडक चाँडौ खुलाउनका लागि सङ्घ सरकार समक्ष आवश्यक पहल भइरहेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेतेसम्मको जमिन कमजोर भएका कारण पटक–पटक समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गरी विकल्प खोज्नुपर्ने देखिएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ