२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित

२५ भाद्र २०७७, बिहीबार १५:४८

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् ।

कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटीस्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको संम्र्पकमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्र्पक व्यक्ति हेमराज जोशीले बताउनुभयो ।  “यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरुको सम्र्पकमा आएका नौ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ ।” उहाँले भन्नुभयो–“यहाँ कन्ट्रयाक टे«सिङबाट अहिलेसम्म १०६ जना सं सङ्क्रमित  फेला परेका छन् ।”

त्यसैगरी कोरोना भाइरस स सङ्क्रमण न्युनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यहाँ सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी बझाङ्गमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक÷एक, कैलालीमा २६ र कञ्चनपुरमा छ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीतर्फ डडेल्धुरा बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ ।  जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीमा पनि सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । “जनप्रतिनिधी र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा सङ्क्रमण देखिएको छ ।” कोभिड–१९ का सम्र्पक व्यक्ति जोशीले भन्नुभयो–“ भारतबाट अन्य मुलुकबाट आएका १०१ जनामा पनि यहाँसङ्क्रमण देखिएको छ ।”

त्यसैगरी ट्रावल हिस्ट्री नै नभएको ४२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार एक सय ४५ जनामा सङ्क्रमण देखिएकोमा बुधबारसम्म पाँच हजार नौ सय ९३ जना निको भइसकेका छन् । “एक हजार २६३ जनाको रिपोर्ट आउन बाँकी छ ।” उहाँले भन्नुभयो–“ यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।”

ती मध्ये २९५ जना आइसोलेसनमा बसिरहेका छन् । भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।सङ्क्रमित मध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या बढेपछि यहाँ समस्या हुने देखिएको छ ।

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरको अभाव छ । हालसम्म सुदूरमा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समुहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी एक हजार आठ सय ७५ जना २० देखि २९ बर्ष उमेर समुहका सङ्क्रमित रहेका  छन् ।

३७ प्रहरीमा कोरोना

धनगढी स्थित सशस्त्र प्रहरी गण मुख्यालयका ३७जना प्रहरीमा आज कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सो गणमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । 

 प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले गणमा कार्यरत ७५जनाको स्वाबको नमूना दिइएकोमा ३७ जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।  सङ्क्रमित प्रहरीलाई धनगढीमै रहेको प्रहरीको आवासीय विद्यालयको आइसोलेशनमा राख्न लागिएको छ । यो समेत गरी आज सुदूरपश्चिम प्रदेशमा ७०जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी,डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । यो सँगै प्रदेशमा कारोना सङ्क्रमितको कूल सङ्ख्या छ हजार २१५पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  कोभिड—१९वाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि४७१पुगेको छ । यस्तै अछाममा ४०बैतडी ५६ बझाङ ७३ बाजुरा नौ, डडेलधुरा पाँच,दार्चुला सात,डोटी ४९, र कञ्चनपुरमा ३३जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित७४३ पुगेका छन् ।

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष(आइसियू)मा उपचाररत एक जना सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उहाँको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । आज सम्म प्रदेशमा पिसिआर पद्धतिबाट ६९हजार९७८नमूनाको परीक्षण गरिसकिएको छ ।  नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२हजार ५१७ को दुई दशमलब ७२प्रतिशत हो ।कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा पाँच हजार ४६१ जना पुगेका छन् ।  

हाल सम्म कोरोनाका कारण कैलालीका छ,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत गरी  ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो