साउन १५, कालिकाेट | कोटवाडा गाविसको लालिघाट र गे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १५, कालिकाेट | कोटवाडा गाविसको लालिघाट र गे"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

लालिघाटका बाढीपीडितलाई राहत

१५ श्रावण २०७३, शनिबार १५:२६


साउन १५, कालिकाेट | कोटवाडा गाविसको लालिघाट र गेजबजारका बाढी पिडितहरुलाई उद्योग बाणिज्य संघ कालिकोटले राहत वितरण गरेको छ । गत जेठ ६ गते अबिरल बर्षा सगै आएको पहिरोमा परि ज्यान गुमाएका आफन्त तथा भौतिक सम्पती क्षेति भएका परिवारहरुलाई आज एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो । 

उद्योग बाणिज्य संघ कालिकोटका अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख अथित्यतामा एक कार्यक्रमको आयोजना गरी घटनाको प्रकृति अनुसार बाढी पिडतलाई नगद राहत वितरण गरिएको छ ।

मानविय क्षेति भएका ७ जनाका परिवारलाई प्रतिब्यक्ति ३ हजार ५ सय, पूर्ण भौतिक क्षेति भएका १३ परिवारलाई प्रति परिवार ३ हजार र आंशिक भौतिक क्षेति भएका २३ परिवारलाई प्रति परिवार रु २ हजारका दरले जम्मा रु १ लाख १२ हजार ८ सय ७६ नगद वितरण गरिएको छ ।

उद्योग बाणिज्य संघ पोखराबाट १० हजार, बाकी जिल्लाका ब्यापारी तथा अन्य निकायबाट राहत संकलन गरी १ लखा १३ हजार बराबरको राहत बाढी पीडितलाई वितरण गरिएको उद्योगबाणिज्य संघका अध्यक्ष सूर्य बहादुर शाहीले बताउनु भएको छ । 

गत जेठको बाढीमा परि मृत्यु हुनेमा स्यूना–२ का धनमती टमटा, उनका श्रीमान संजिते टमटा, स्यूना–५ का हिरा तिरुवा, धौलागोह ९ का लक्ष्मण भण्डारी, रकु १ का मनिराम जैसी, बाजुरा गोत्तीका आकाश विक, बाजुरा गोत्तीकै लक्ष्मण भण्डारी थिर्पू ४ का सदिश्मा बम रहेका थिए ।

बाढी आए लगतै दैविक प्रकोप उद्धार समिति कालिकोटले मृतक परिवारलाई प्रति ब्यक्ति ४० हजार र भौतिक क्षेति भएकाहरुलाई प्रति परिवार ५ हजारका दरले रहत वितरण गरेको थियो भने उद्योग बाणिज्य संघ कालिकोटले ५४ हजार बरावरको हात वितरण गरेको थियो । यसैगरी सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालले कारितासको सहयोगमा गरिव २ लाख बरावरको खाद्य तथा भाडा कुडा र लत्ता कपडा राहत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह