Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लामा महिलामाथि बलात्कार

By kit 2 मिनेट पढाइ

<p><b>माघ ५, सिमिकोट । </b>बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।<br></p><p>माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्ला स्रोतले जानकारी दिएको छ । आरोपित पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । ती पीडित महिलाको माघ २ गते जिल्ला अस्पताल हुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला अस्पताल हुम्लाले स्रोतले बताएको छ ।&nbsp;</p>