२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारीविहीन

२ फाल्गुन २०७७, आईतवार ०६:३४

फागुन २, हुम्ला । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २  रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात  कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ । 

एकएक इञ्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीयवासी भीषण कार्कीले बताउनुभयो । एक महिनादेखि बन्दस्वास्थ्यचौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दै छ । 

गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मीसमेत नभेटिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्यचौकी पुगेका बिरामीले तीन महिनादेखि रित्तो हात लिएर घर फिर्ता हुनुपरेको बताइएको छ । रिपबासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे तीन घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयवासीको गुनासो छ । 

रिपबासी मात्रै नभएर वडा नं ३  उनापानीका सेवाग्राहीले समेत रिप स्वास्थ्यचौकीबाट सेवा लिने भएको हुँदा गाउँपालिकाका दुई वटा वडाका नागरिकलाई थप समस्या बनाएको छ । स्वास्थ्यचौकी इञ्चार्ज आफ्नो घर बनाउन सुर्खेत गएको र एक अनमी आफ्नै काममा व्यस्त रहेको स्थानीयवासीले आरोप लगाएका छन् ।   स्वास्थ्यचौकी इञ्चार्ज चन्द्रसिंह कार्कीले भन्नुभयो, “म कामविशेषले तराई झरेको हुँ, अबको एक दुई हप्तामा कार्य क्षेत्रमा फिर्ता हुन्छु । आफू तराई झरेको दुई हप्तापछि स्वास्थ्यचौकीमा कार्यरत अनमीको दुई महिनाको तालीम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको इञ्चार्ज कार्कीले स्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने