2026-10-31 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा करेन्ट लागेर एकको ज्यान गयो, युवाहरुद्वारा नाराबाजी

बिद्युत अनियमिता कटानि बिरुद्ध  करिब २ घण्टा लामो प्रदर्शन पछि युवाहरु नाराबाजी गर्दै प्रशासन अगाडि गई प्रदर्शन गरेका छन् । बिद्युत अनियमिता कटानि बिरुद्ध प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे लाई ज्ञापन पत्र बुझाईएको छ ।

कमल बेल्बासे | साउन २१, कपिलवस्तु | कपिलवस्तुमा शुक्रवार करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु नगरपालिका १३ वनगाई निवासी वर्ष ६५ का दानवहादुर बिक रहनु भएको छ । आफ्नै घरमा विद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक विष्णु कुमार के शी ले जानकारी दिनु भयो ।

यसै क्रममा कपिलबस्तुको आज तौलिहवाका युवा व्यापारी जिल्ला प्रशासन कार्यालयमा गई बिद्धुत कटौती सुधार ,भोल्टेजको समस्या र लोड सेडिगं समेत कम गर्ने जस्ता माग लिई यथासिघ्र सुधार का लागि प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरे लाई ज्ञापन पत्र समेत बुझाएको छन् । त्यसै गरी प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरले बिद्धुत प्रशासनलाई कार्यालयमा बोलाएर  यो समस्याको समाधान यथासिघ्र सुधार गरी सुचारु गर्ने निर्देशन समेत गर्नु भएको स्थानिय युवाहरुले जानकारी गराएको छन् ।

अनियमित बिद्धुत कटौतीका बिरुद्ध तौलिहवा बिद्धुत बितरण केन्द्र अगाडि बिहिबार सांझ धर्ना एवं प्रदर्शन गरिएको थियो । अन्य क्षेत्रको तुलनामा थप बिद्धुत लोडसेडिङ भएको, अनियमितता गरि लापरवाही गरेको भन्दै तौलिहवाका ३ सय भन्दा बढि युवाहरुको उपस्थितीमा प्रदर्शन गरिएको थियो । उपस्थित युवाहरुले चर्का नारा समेत लगाएका थिए । उनीहरुले बितरण केन्द्रका प्रमुख नारायण अर्याल बिरुद्ध समेत नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा