दलसिंह गिरी/साउन २५, कालिकोट । आजको युगमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/साउन २५, कालिकोट । आजको युगमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्"/>
2026-10-31 04:56 PM
कालिकोट - KLK

नेपाली समाजमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढ्दो

दलसिंह गिरी/साउन २५, कालिकोट । आजको युगमा काम छोड्ने जागिर खोज्ने प्रबृति बढेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय कोषाध्यक्ष लाल बहादुर वलीले बताउनु भएको छ । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कालिकोटको जिल्ला स्तरिय प्रथम जिल्ला भेला कार्याक्रममा बोल्दै वलीले आजको पुस्ता सचेतनामा केही जानकार भएपनि ज्ञान र सिप अनुसारको कामको खोजी भन्दापनि जागिर खोज्ने प्रबृतिको विकास भएको भन्दै यस्तो कुरा बताउनु भएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कालिकोटका तदर्थ समिति संयोजक तुलाराम पाण्डेको संयोजकत्वमा आयोजित जिल्ला भेलाको प्रमुख अथिति समेत रहनु भएका वलीले शिक्षाका लागि राष्ट्रिय अभियान मार्फत सबै क्षेत्रका समुदायलाई सूसुचित गराउन पैरवी र सहजिकरण गरी समाजमा जगेडिएर रहेको गरिवी, भोकमरी, अस्वस्थता, लैंगिक असमानता जस्ता प्रबृतिलाई निरुत्साहीत गरेर समृद्ध समाजको निर्माण गर्ने लक्ष्य रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै कालिकोट जिल्लाका स्थानीय विकास अधिकारी एवं कार्यक्रममा विशेष अथिति प्रदिपराज अधिकारीले जहाँ शान्ति हुन्छ त्यहाँ दिगो विकासको परिकल्पना गर्न सकिन्छ भन्दै यसका लागि पहिला शान्ति हुन आवश्यक रहेको र शान्तिका लागि सकरात्मक सोचको विकास भै ब्यवहार  परिवर्तन हुन आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै शिक्षाका लागि राष्ट्रिय अभियानका अभियान्ता खडानन्द चौलागाईले समाजमा दिगो विकास भन्दा पनि छिटो र छरितो विकास पहिलो आवश्यकता ठान्ने प्रबृतिका कारण दिगो राम्रो र हाम्रो विकास हुन नसकेको बताउनु भयो ।

भेलाको उद्घाटन सत्र समापन भए लगतै सुरु भएको बन्द सत्रमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक तुलाराम पाण्डेले जिल्लामा शिक्षाका लागि राष्ट्रिय अभियान गठन भएलगतै जिल्लामा शिक्षा समिति पुनरगठन, जिल्लाका विभिन्न विद्यालयहरु शान्ति क्षेत्र घोषणा, बाल अधिकार जस्ता बिभिन्न अभियानमा पैरवी गरेको बताउन भएको छ ।

कार्यक्रममा तुलाराम पाण्डेकै संयोजकत्वमा आजै ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरी भदौंमा हुने शिक्षाका लागि राष्ट्रिय अभियानको राष्ट्रिय भेलामा जिल्ला संयोजक तुलाराम पाण्डे र सदस्य पवित्रा जैसीलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउन निर्णय समेत भेलाले अनुमोदन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा