१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामाजिक सुरक्षा कार्यक्रममा व्यवधान सिर्जना नगर्न जिफन्टको खवरदारी

८ श्रावण २०७८, शुक्रबार ०५:००

साउन ८, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा व्यवधान सिर्जना नगर्न खवरदारी गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेर असल श्रम सम्बन्ध कायम गर्न जिफन्टले सबै रोजगारदाता तथा नेपाल सरकारसँग माग पनि गरेको छ । योगदानामा आधारित सामाजिक सुरक्षा योजना नेपाली श्रमिक जनताको दु:ख र पीडाको अचुक सहारा भएको जिफन्टको धारणा छ ।

जिफन्टका महासचिव जनक चौधरीले एक विज्ञप्ती जारी गर्दै कुनै पनि श्रमिक दुर्घटना, रोग र उमेरको कारण काम गर्न नसक्ने अवस्थामा वेसाहारा तथा आम्दानी विहीन हुन नपर्ने सुनिश्चितता प्रदान गर्ने कार्यक्रम नै योगदानमा आधारित सामाजिक सुरक्षा भएको जनाएका छन् । यो कार्यक्रम लागू गर्न लामो समयको बहस र छलफल भएको भन्दै जिफन्टले कसैको जोरजुलुममा यो कार्यक्रम लागू नभएको पनि स्मरण गराएको छ ।

विज्ञप्तीमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नेक्रममा जति बढि सामाजिक सुरक्षा त्यति बढि श्रम लचकता¬ भन्ने नीति नै अवलम्वन गरिएको भन्दै त्यसको अर्थ संरक्षण, सहकार्य र नियमित संवाद गर्ने रहेको जनाइएको छ । कुनै पनि बिषय संवाद र सहमतिबाट नयाँ उचाईमा पुर्‍याउन सकिने मान्यतामा दृढ रहेको भन्दै जिफन्टले कतिपय बैंङ्क तथा उद्योग प्रतिष्ठानले सामाजिक सुरक्षामा सूचीकरण हुने समय लम्व्याउने उद्देश्यले श्रमिकले खाईपाई आएका सेवा सुविधा कटौती गर्ने धम्की दिएको सुनिएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, “त्यस्ता रोजगारदाताहरूले दिएको धम्कीको प्रतिवाद गर्न नसकेर केही व्यक्ति सामाजिक सुरक्षा योजनाकै विरुद्ध कपटपूर्ण प्रचार गरी रहेकाछन् । तसर्थ यस्तो गलत र भ्रामक प्रचारको सबैले प्रतिवाद गर्न आवश्यक छ ।”

विस २०६७ साल चैत १० गते ट्रेड यूनियन महासंघहरू र उद्योग व्यवसायीहरुको संगठनबीच सामाजिक सुरक्षा योजना लागू गर्ने विषयमा सम्झौता भएको थियो । कुनै कारणवस श्रमिक अप्ठ्यारोमा पर्दा सहज रूपमा सहयोग र संरक्षणको सुनिश्चितता प्रदान गर्ने उद्देश्यले नै सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने सहमति भएको थियो । सो सहमतिको करिब एक दशक श्रमिक र रोजगारदाता सूचीकृत हुने प्रकया, योगदान विधि, योगदानकर्तालाई दिईने सुविधा लगायतका विषयमा द्विपक्षीय, त्रिपक्षीय तथा वहुपक्षीय छलफलहरु भएका थिए । कोषको सञ्चालक समितिमा ट्रेड यूनियन, रोजगादाता र नेपाल सरकार गरी त्रिपक्षीय प्रतिनिधि रहने व्यवस्था सहित योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ जारी भएको हो ।

यसैबीच, कोभिड १९ को उच्च जोखिमबीच अग्रपंक्तीमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी नर्स, अत्यावश्यक खाद्यवस्तु, स्वास्थ्य सामग्री उत्पादन, सरसफाई, एम्वुलेन्स चालक, लगायतका श्रमिकको संक्रमित भई मृत्यु भएको भन्दै जिफन्टले त्यस्ता श्रमिकका नाबालक बालबच्चालाई नि:शुल्क शिक्षा प्रदान गर्न माग गरेको छ । यसैगरी औषधी उपचार एवम् आश्रित परिवारलाई राहतको व्यवस्था गर्न पनि माग गरिएको छ । जिफन्टले श्रमिकलाई कार्यस्थलमै खोप लगाउने व्यवस्था गर्न नेपाल सरकार तथा सम्बन्धित प्रतिष्ठानको रोजगारदाताहरुसँग अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह