२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर कारागार : राति सुत्न पालो कुर्नुपर्ने !

११ श्रावण २०७८, सोमबार ०८:२६

राजेन्द्रप्रसाद पनेरु । साउन ११, कञ्चनपुर (रासस)। कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष  र २० महिला  कैदी  राख्ने क्षमता छ । अहिले कारागारमा  २२ महिला  र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । 

राति सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था  छ ।  कारागारभित्र रहेका भवनमा छ  शौचालय र आठ  बस्ने कोठा छन् । शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ । 

कैदीको सङ्ख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारीदिनुभयो । “कारागारको क्षमता भन्दा कैदीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ” उहाँले भन्नुभयो, “सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।” 

 वर्षौ पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनवाइ हुन नसकेको जेलर थापाले जानकारी दिनुभयो ।

“कोरोनाको सङ्क्रमण बढ्ने खतरा छ” उहाँले भन्नुभयो, “सङ्ख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्ण रुपमापालना गर्न सकिएको छैन ।” जोखिम  भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने अहिले सङ्क्रमण देखिएको छैन । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी,, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

कारागारमा सबै भन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक  छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको जानकारी दिनुभयो । “तत्कालै कारागारमा रहेका कैदीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो, “त्यो समेत हुनसकेको छैन । सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो । यसबाहेक यहाँबाट केही गर्न सकिदैन ।”

उहाँले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालयलाई नयाँ भवनका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए आजदेखि पाँच रुपैयाँका १० लाख थान नयाँ नोट चलनचल्तीमा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ? माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते