२० आश्विन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्

१४ भाद्र २०७८, सोमबार ११:५९

भदौ १४, डोटी (रासस) | सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान  अहिले पनि यही अन्धविश्वासमा  भैँसीको दूध बजारमा बिक्री गर्न मान्दैनन् । 

अशिक्षा तथा जनचेतनाको कमीका कारण किसानले दूध बिक्री वितरण गर्न नमान्ने गरेकाले प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारस्थित बगलेक तथा झिग्रानाका पसल तथा होटेलमा दूध नहालेको कालो चिया मात्रै बिक्री वितरण हुँदै आएको स्थानीयवासी तापसिंह साउदले बताउनुभयो । 

उहाँले भन्नुभयो, “भैँसी पाल्ने किसान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामै चित्त बुझाउनुपर्छ ।” यस क्षेत्रमा खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको ब्यारेकमा दूधको माग भए पनि किसानले दूध बिक्री नगर्ने गरेका कारण समस्या हुँदै आएको स्थानीय व्यापारीको गुनासो छ । आफ्ना परिवारबाहेक बाहिरबाट आएका पाहुँनालाई  समेत दूध नदिने  तर  दिनै परे मोही पनि मुस्किलले दिने गरेको जिल्ला उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।उहाँले भन्नुभयो, “भैँसीको दूध गैर घरपरिवारलाई दिन हुन्न र बिक्री पनि गर्न हुन्न,  दिए वा बिक्री गरे भँैसी बिग्रिन्छ भन्ने वर्षौदेखिको अन्धविश्वास अहिले आएर समस्याको विषय बनेको छ ।”

सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले दूध बिक्री वितरण गरे भँैसीले दूध दिन नछोड्ने र भैँसी पनि नबिग्रिने भन्दै किसानलाई  प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने भएकोे छ । बगलेक र झिग्रानामा दूधको निकै आवश्यकता भएकाले  हामीले किसानलाई दूध बेच्न  प्रोत्साहित गर्न लागेको जानकारी दिँदै संस्थाका अध्यक्ष भक्तराज जोशीले भन्नुभयो, “सबैले दूध बिक्री गरुन भन्ने उद्देश्यले  किसानलाई भँैसी नै किनेर दिने तयारी गर्दै अन्धविश्वास अन्त गर्ने पक्षमा छौँ ।” 

उक्त संस्थाले झिग्रानाका किसानमा भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले रु ५० हजारमा उन्नत जातका राँगा किनेर वितरण गरेको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनका भीमबहादुर विष्टले बताउनुभयो ।उहाँले भन्नुभयो, “वडाभर प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री वितरण गर्दैनन्, कोही बिरामी पर्दा दूध चाहिए अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।” 

यहाँका किसानले दूधबाट घिउ बनाएर बजारमा भने बेच्ने गरेको अर्का स्थानीयवासी श्यमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मोही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या पर्दै आएको छ ।” जिल्लामा भैँसीपालक प्रर्याप्त भए पनि अधिकांशले दूध नबेच्दा छिमेकी जिल्ला डडेल्धुराबाट मगाउनुपर्ने बाध्यता रहेको पिपल्लास्थित रामजानकी मिष्ठान्न भण्डारका रामबाबु यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्लामा दूधको माग निकै छ, भैँसीपालक किसान पनि धेरै छन् तर दूध बिक्री गरे गाईभैसीले दूध दिन छोड्छ भन्दै खासै कसैले बिक्री गर्न नमान्ने गरेका कारण हामीले जिल्ला बाहिरबाट मगाएर काम चलाउनु परेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै