2026-08-21 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘चोर र पुलिस’को टिजर सार्वजनिक

असोज १६ , काठमाडौं , न्युज कारखाना । तिहारको अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्म ‘चोर र पुलिस’ को टिजर शुक्रबार सार्वजनिक गरिएको छ । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म १७ कात्तिकमा देशभरका हलमा प्रदर्शन हुने वितरक आरआर फिल्मस्का रोहित कट्टेलले जानकारी दिए ।

कोरोनाका कारण लामो समय बन्द रहेका सिनेमा हल दशैँको छेकोमा सञ्चालन आउने भएपछि निर्माताहरुले आफ्नो फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । सोही सन्दर्भमा तिहारका लागि ‘चोर र पुलिस’ तयार गरिएको निर्देशक आरएलले बताए ।

मान्छेले नचाहँदा नचाहँदै पनि चोर बन्नुपर्ने परिस्थितिलाई रोचक रुपमा प्रस्तुत गरिएको बताइने फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिशन बस्नेत, रबि गिरी, सोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई (भाले डन) लगायतको अभिनय छ ।

आर सोनाम मोक्तान र लंका माया मोक्तान निर्माता रहेको फिल्मको सहनिर्मातामा करणबहादुर बिष्ट छन् । खड्क लामा मोक्तानको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा जीवन लामा छन् । निर्देशक आरएल कोरोनाका कारण ठप्प रहेको नेपाली फिल्म उद्योगलाई आफ्नो फिल्मले थोरै भए पनि राहत दिन सक्ने विश्वास ब्यक्त गर्दै सबैको साथ सहयोग पाउने आशा राखेको बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध