२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

२०७८, १७ आश्विन आईतवार ०९:४२

असोज १७, काठमाडौं एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान पक्राउ परेका छन् । मुम्बई हाइप्रोफाइल ड्रग्स पार्टीको सिलसिलामा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसीबी) ले आर्यनसहित आठ जनालाई हिरासतमा लिएको हो । जसमा तीन जना युवती छन् ।

मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा ६ सय जना सामेल भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पार्टीमा आर्यनले ड्रग्स सेवन गरेका थिए कि थिएनन् भन्ने बाहिर आइसकेको छैन । पक्राउ परेका सबैसँग प्रहरीले सोधपुछ गरिरहेको बताइन्छ । एनसीबीले पार्टी आयोजकलाई पनि सोधपुछका आइतबार राति ११ बजेभित्र उपस्थित हुन पत्र पठाएको छ ।

पार्टीमा ड्रग्स सप्लाई भइरहेको सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी अधिकारी यात्रुको रुपमा पानी जहाजमा सवार भएका थिए । पानीजहाज समुन्द्रको बीचमा पुगेपछि ड्रग्स पार्टी सुरु भएको थियो । शनिबार पार्टी चल्दै गर्दा आर्यनलगायत आठ जनालाई पक्राउ गरिएको थियो । पार्टीमा भारी मात्रामा एमडी कोक र ह्यासिस बरामद भएको बताइएको छ । एनसीबीका प्रमुख एसएन प्रधानले आफूहरुले दुई साताको निगरानीपछि छापा मारेको बताएका छन् ।

प्रहरीकाअनुसार जुन पानीजहाजमा ड्रग पार्टी भएको थियो, त्यसको प्रवेश शुल्क ६० हजारदेखि ५ लाख भारुसम्म राखिएको थियो । प्रहरीले छापा मार्दा क्रुजमा ६ सय जना हाइप्रोफाइल युवायुवती रहेको बताइन्छ ।

१८ सय क्षमताको जहाजमा ड्रग्स पार्टीका लागि आयोजकले इन्स्ट्राग्राम तथा अन्य समाजिक संजालमार्फत निमन्त्रणा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा