२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सात सय वर्ष पुरानो देवल नामेट बन्ने जोखिममा

२१ आश्विन २०७८, बिहीबार ०८:१२

असोज २१ ,जाजरकोट , न्युज कारखाना । सयौं वर्षको इतिहास बोकेका जाजरकोटका ऐतिहासिक संरचना संरक्षण अभावले नामेट हुने अवस्थामा पुगेका छन् । छेडागाड नगरपालिका–८ घोगी पजारुस्थित चैत्य गुम्बा अर्थात् प्राचीन देवल संरक्षण अभावमा हरेक वर्ष जीर्ण बनिरहेको छ । 

निकै आकर्षक र ऐतिहासिक यो देवल संरक्षणमा सरोकारवाला निकायले चासो नदिएको स्थानीयको आरोप छ । तेह्रौँ शताब्दीमा जाजरकोटमा भोटेले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जानकारहरूको भनाइ छ । ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य गुम्बा अर्थात् देवल निकै शुन्दर छन् । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने प्रष्ट छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसँग सम्बद्ध निकायको बेवास्ताका कारण ओझेलमा परेको छ ।

स्थानीयले देवल क्षेत्र समेत अतिक्रमण गर्दै गएका छन् । जसका कारण यसको मौलिकता र महत्व पनि हराउने जोखिम बढेको छ । सदरमुकाम खलङ्गा र अन्य शहरी क्षेत्रबाट देवल क्षेत्रमा पुग्न सहज पहुँचमार्ग नभएको र देवल क्षेत्रको पुनर्निर्माणका लागि सरोकारवालाले कुनै पहल नगरेका कारण ओझेलमा परेको स्थानीय रेशमबहादुर खड्काले जानकारी दिए । 

करिब सात सय वर्षअघि निर्माण भएका ती चैत्य गुम्बा अर्थात् देवलको उचित संरक्षण र प्रचार अभावले बाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासी नै देवलको महत्व र ऐतिहासिकताबारे बेखबर रहेको स्थानीय सरस्वती गिरीले बताइन् ।

पटक–पटक गरी स्थानीय सरकार र पर्यटन बोर्डले करिब १० लाख रुपैयाँ विनियोजन गरे पनि रकमको खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेराबार, मन्दिर बनाउने कामबाहेक अन्य पूर्वाधार निर्माण हुन सकेको छैन । तीन रोपनी जग्गाभित्र रहेका १३ वटा देवलको कलात्मक आकार, प्राचीनता र आकर्षक बनावटले त्यहाँ पुग्ने जोकोहीलाई पनि मोहित पार्ने गरेको छ । तर, उचित व्यवस्थापन र संरक्षण नभएकोप्रति स्थानीय सरकार र सम्बद्ध निकायप्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले पजारूको घोगीस्थित चैत्य गुम्बा अर्थात् देवल क्षेत्र संरक्षण र प्रवद्र्धनतर्फ आफूहरूले विस्तृत योजना तयारी गरिरहेको बताए । जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचारप्रसार गर्न सबै पक्ष लाग्न आग्रह गरे । 

इतिहासिक महत्व बोकेको भेरी नगरपालिका–१ कालेगाउँ शिवालयस्थित महत्वपूर्ण मन्दिरसमेत संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । कच्ची सडकसँग जोडिएको भए पनि थप विकासतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था