2026-07-04 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो फिल्मको डेट अरुसँग नजुधोस भनेर तय गर्छु’

2021-10-09

असोज २३, काठमाडौं,न्युज कारखाना | नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहरको प्रभाव कम भएसँगै फिल्म हल खुलेपछि गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिँदैछ । यसैक्रममा आउँदो वर्ष अर्थात ३० वैशाख २०७९ मा फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज घोषणा गरेको हो । 

नेपालमा २१ असोजबाट हल पुनः खुले पनि नेपाली फिल्मको रिलिज सेड्युल भने सार्वजनिक हुन सकेको छैन । वितरक तथा प्रदर्शक आन्तरिक तयारीमा रहेकाले पनि फिल्मको डेट आउँदो वर्षको वैशाखमा राखिएको निर्देशक दीपेन्द्र के. खनालले बताए । 'मैले आफ्नो फिल्मलाई कसैसँग डेट नजुधोस भनेर नै खाली डेटमा घोषणा गर्ने गरेको छुँ,' निर्देशक खनाल भन्छन्, 'अब हामी नेपाली फिल्मकर्मीले एक अर्काको फिल्मलाई बाधा नपुग्ने गरि फिल्म प्रदर्शन गर्नु पर्छ ।' उनले आफूले घोषणा गरेको डेटले अन्य फिल्मलाई असर नगर्नेसमेत बताए । 

स्वस्तिमा खड्का र अर्पण थापाको अभिनय रहेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । दीपेन्द्र के. खनालको निर्देशनमा तयार फिल्ममा स्वस्तिमाको भूमिका सशक्त रहेको बताइएको छ । सामाजिक कथामा तयार फिल्ममा स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य भएको हो ।

यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच हुने सहकार्यले फिल्मलाई प्रतिक्षित बनेको छ । फिल्मलाई रीच इन्टरटेनमेन्टसँगै जीजीए ग्रुपले उपत्यकामा र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै