2026-09-10 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोजगार जानकारी

आजदेखि ई-पासपोर्ट ! विशेषता के ? शुल्क कति ? एमआरपी हुनेले के गर्ने ?

मङ्सिर १, काठमाडौँ | आजदेखि मेशीन रिडेबल पासपोर्ट (एमआरपी) को सट्टा सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ।

नयाँ पासपोर्ट लिनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिइने राहदानी विभागका अधिकारीहरूले बताएका छन् । सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै राहदानी वितरण गरिने बताइएको छ।

त्यसपछि भने प्राविधिक पक्षहरूको अध्ययन गरेर नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई ई-पासपोर्ट नै दिइने अधिकारीहरूले बताएका छन्।

यस्ता छन् ई-पासपोर्टको विशेषता

सरकारले एमआरपी लागु गरेको ११ वर्ष पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको छ । इ-पासपोर्टमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका सम्पूर्ण विवरणहरू समाविष्ट हुन्छ ।

एमआरपीको तुलनामा ई-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बिभागले जनाएको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को पब्लिक की डिरेक्ट्री (पीकेडी) को सदस्य भएकाले सदस्य राष्ट्रहरूमा शेअर हुन्छ। अध्यागमन कार्यालयहरूमा व्यक्तिले बोकेको पासपोर्ट आधिकारिक हो कि होइन भनेर जाँच गर्न सकिने भएकोले यो बढी सुरक्षित हुन्छ ।

विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

इपास्पोर्ट लिनको लागि पुरानै प्रक्रिया हो । तर विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य हुन्छ । राष्ट्रिय परिचयपत्रमा जुन विवरणहरू प्रयोग हुन्छ त्यसकै प्रमाणिकरण ई-पासपोर्टमा हुन्छ । यस्तो पासपोर्ट सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले प्रयोग गर्न तथा दुरुपयोग गर्न सक्दैन ।

राष्ट्रिय परिचयपत्र बनाउनको लागि नेपालमै आउनुपर्ने हुँदा विदेशमा रहेकाहरुले बिदेशी निकायबाट इपासपोर्ट बनाउन सक्दैनन् । उनीहरुलाई एमआरपीनै वितरण हुन्छ । इपासपोर्ट लिनको लागि नेपालमै आएर राष्ट्रिय परिचयपत्र बनाई नवीकरण गर्नुपर्छ । हाल आफूसँग एमआरपी पासपोर्टको बहाल अवधि बाँकी नै छ भने इपासपोर्ट बनाउनु आवश्यक छैन । उनिहरुले समय रहुन्जेलसम्म एमआरपीकै प्रयोग गर्न पाउनेछन् ।

शुल्क कति लाग्छ ?

इपासपोर्ट बनाउन एमआरपी बनाए सरहकै शुल्क लाग्छ । यस अघिको झैं पासपोर्ट कति दिनमा बनाउने हो त्यस अनुसार पुरानै मूल्यमा ईपासपोर्ट बनाउन सकिन्छ । जस अनुसार तीन दिनमा राहदानी बनाउन १० हजार, दुई दिनमा बनाउन १२ हजार र एक दिनमा बनाउन १५,००० रुपैयाँ लाग्छ ।

पहिलो इ-पासपोर्ट जोशीलाई

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीले पहिलो इ–पासपोर्ट दिएको छ । जोशीलाई एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले इ-पासपोर्ट वितरण गरेका हुन् ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत जेनजी आन्दोलनको एक वर्षपछि ओलीले बालकोटबाट सम्बोधन गर्दै जापानमा नेपाली विद्यार्थीको हत्या आरोपमा तीन नेपाली पक्राउ