2026-09-12 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मिथिलामा ‘लाई’ को मौसम

माघ २, महोत्तरी | महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ । माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ । 

मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बटार्ने (बनाउने) चटारो छ । शनिबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस (कोसेली) नातेदारका घरमा पु¥याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को व्यस्तता बढेको हो ।

विवाहित छोरी, दिदीबहिनी, पूmपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन् । माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लागेपछि सनेस पठाउन सजिलो भएको मिथिलानी बताउँछन् । “बिहानदेखि नै पारिलो घाम लाग्न थालेको छ”, मौसममा आएको सुधारले दङ्ग पर्नुभएकी भङ्गाहा–४ थारुटोल बनराकी गृहीणी सुथरी चौधरी थारुले भन्नुभयो, “अब सनेस बनाउन, पठाउन सजिलो भयो ।” 

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम तात्दै जाने यहाँ आम अड्कल गरिन्छ । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि मिथिलानीको अब विवाहित चेलीबेटी र मित÷मितिनीकहाँ सनेस पठाउन ‘लाई’ बटार्ने व्यस्तता बढेको छ । तिलासक्रायत घरमा मनाइएपछि तील, चिउरा, जुनेलो र मुरिका ‘लाई’सहितका मिष्टान्न परिकार नातेदारका घरमा पुर्याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानीहरुको व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, फुपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले यस क्षेत्रमा अहिले  ‘लाई’ को मौसम छाएको छ ।    

“आजै सानो छोरालाई पवनी (पर्व) को सनेस लिएर छोरीकहाँ पठाइयो”, भङ्गाहा–४ थारुटोल बनराकै अर्की गृहिणी रामसुनरदेवी थारुले भन्नुभयो, “अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान थप सनेस बनाउनुछ ।” घरमा पर्व मनाइएपछि नाता कुटुम्ब र आफन्तकहाँ सनेस लगिने चलनले यहाँ घर÷घरमा अहिले  तिल, जुनेलो, मुरी र चिउराका ‘लाई’ बनाउने चटारो नै छ । मिथिलामा फागुन १५ सम्म घरको खाजामा पनि मुरी, चिउरा र ‘लाई’ खाइने गरिन्छ । पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले अझै केही दिन घर–घरमा ‘लाई’ बनाउने चटारो रहने बर्दिवास–९ पशुपतिनगरकी शैलदेवी महतोले बताउनुभयो ।  

विशेषगरी जाडोयाममा सख्खर, घीउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्मको जाडोबीच यी सामग्री मिसाएर बनाइने तील, जुनेलो, चिउरा र मुरीका ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भनाइ बर्दिबास अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवको छ । अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो गृहिणी घरमा ‘लाई’ बनाउन लागि परेका छन् ।

सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यी परिकार रोजाइँका बनेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन् । मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि पुरयाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा