२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको स्मारकस्थल उपेक्षित

३ माघ २०७८, सोमबार ०६:००

माघ ३, महोत्तरी | नियमित सम्भार र रेखदेख नपाएपछि  मटिहानी–७ स्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहरजस्तै बनेको छ । उहाँ नेपाली प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनका अथक योद्धा  हुनुहुन्थ्यो । 

नेपाली कांग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा उहाँलाई तत्कालीन निरंकुश पञ्चायती शासकले २०३१ साल साउन ३१ गते राती  मटिहानीमा गोली हानी हत्या गरेको थियो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उहाँको  सहादत स्थलमा नै विसं २०५४ मा स्मारक बनाइएको थियो ।  यसपछि सो स्मारकस्थल मर्मत नपाएर बेवारिस बनेको हो ।

“केशवजस्ता सपूतको सहादतले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भयो, त्यसयता लोकतान्त्रिक आन्दोलन र मधेश आन्दोलनसँगै मुलुकले लोकतान्त्रिक सम्बिधान पनि पायो”,  केशवसँगै आन्दोलनमा होमिएका जलेश्वर नगरपालिका–५ पर्साका बासिन्दा बलराम शर्मा  भन्नुहुन्छ,  “तर, हाँमी कृतघ्न भएछौँ, केशवको स्मारकस्थलको अहिलेको बेवास्ता देख्दा उहाँका प्रतिमा र स्मारक स्थल किन राखिएछ भन्ने लागेको छ ।”

शहीद कोइरालाको मटिहानी–७ स्थित सहादतस्थल (हालको श्रीराम माध्यमिक विद्यालय परिसर) मा निर्माण भएको स्मारक पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले २०५४ साल चैत १० मा अनावरण गर्नुभएको थियो । अहिले नियमित रेखदेख, सरसफाइ नपाएर र छाडा गाईबस्तुको खुला विचरण भइरहँदा शहीद प्रतिमास्थलको अवस्था  दयनीय बनेको जनाइएको छ ।

“हामी पाँच जना ( केशव कोइराला, गणेश नेपाली, श्रीधर ठाकुर, महेश कोइराला र बलराम शर्मा  ) मटिहानी चौकी कब्जा गर्न खटिएका थियौँ”, शर्मा त्यतिखेरको घटना सम्झँदै भन्नुहुन्छ, “चौकी नजिक पुगेर हामीले पहिलो फायर ग¥यौँ, यसपछि प्रहरीको जवाफी फायरिङ सुरु भयो, हामीसँग प्रसस्त गोलीगठ्ठा नहुँदा फरक फरक दिशाबाट छरिएर सीमा कट्ने  धुनमा थियौ, ठ्याक्कै प्रहरीको गोलीले केशव ढल्नुभयो ।” त्यतिखेर चौकी कब्जा गर्न जानेमध्ये महेशको २०३३ सालमा ओखलढुङ्गामा सशस्त्र आन्दालनकै क्रममा सहादत भएको, गणेश  र श्रीधर ठाकुर पनि केही वर्षपहिले बितेपछि अब आपूमात्र सो घटनाका पात्रमध्ये बाँकी रहेको शर्मा बताउनुहुन्छ । केशव प्रजातन्त्रप्रतिको निष्ठा, यसका लागिको बलिदान र  समवयबीच उर्जा प्रवाह गरिरहने साथीका रुपमा सम्झना भइरहने शर्माको भनाइ छ । ं

विसं २०४८ मा जननिर्वाचित कांग्रेसको सरकार गठन भएपछि गठित शहीद केशब कोइराला स्मृति प्रतिष्ठान मटिहानीले सरकारकै आर्थिक सहयोगमा शहीद कोइरालाको प्रतिमा बनाएर अनावरण गराएको थियो । शहीद प्रतिमास्थलको सौन्दर्य वृद्धि, नियमित मर्मत र सम्भारका लागि त्यसयता कतैबाट ठोस रकम प्राप्त हुन नसक्दा सोचे जति काम हुन नसकेको समितिका पदाधिकारी  बताउँछन् । “हामीलाई त्यतिखेर प्राप्त रकमले प्रतिमा स्थापित त ग¥यौँ”,  प्रतिष्ठानका अध्यक्ष एवं कांग्रेसका नेता उपेन्द्र चौधरीले भन्नुभयो, “गर्नुपर्ने काम धेरै भए पनि त्यसयता कतैबाट ठोस सहयोग नपाइँदा सोचेजस्तो प्रभाविलो र दिगो कामभने बढाउन सकिएन ।”

ओखलढुङ्गा जिल्लाको  रातमाटे–१ को छहरे कोइरालागाउँमा २००७ साल असार ३ गते जन्मनुभएका केशव कोइराला  मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठमा अध्ययनरत रहेकै बेला मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि  कांग्रेसमा आबद्ध भएर आन्दोलनमा होमिनुभएको थियो । जन्म पहाड भए पनि ज्ञानआर्जन र प्रजातान्त्रिक आन्दोलनमा मटिहानीसँग जोडिनुभएका शहीद कोइराला महोत्तरीले चिनाएका सपूत रहेका मटिहानी–८ का बासिन्दा प्रेस स्वतन्त्रता सेनानी ८७ वर्षीय बिन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

यसैबीच मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले शहीद केशव कोइरालाको स्मारक स्थलको सौन्दर्य वृद्धि, मर्मतसम्भार र देखभालका लागि केही रकम दिइए र अगामी दिनमा आर्थिक सहयोग गर्ने जानकारी दिनुभयो । “हामीले २०७५ मै नगरपालिकाबाट केही रकम छुट्याएर प्रतिष्ठानलाई दियौँ”, उहाँले भन्नुभयो, “यसयता प्रतिष्ठानबाट स्मारकस्थलबारे कुनै प्रस्ताव हालसम्म आएन ।” यसबीचमा सहादतस्थलसँगैको राम मावि परिसरमा शहीदकै स्मृतिमा सभाकक्ष बनाइएको र ‘शहीद केशव कोइराला सभा भवन’ नाउँ राखिएको नगर प्रमुख मण्डलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय सगरमाथा आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन नतिजा सार्वजनिक कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्योः परराष्ट्रमन्त्री एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेले कम्युनिष्ट आन्दोलनमा योगदान गर्नेहरूलाई सम्मान गर्ने नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु नयाँ वर्ष २०८२ को अवसर पारी आज युट्युबमा आयो ‘घरज्वाइँ’ चलचित्र नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे ‘अथाह सम्भावनालाई सदुपयोग गर्ने वर्ष बनोस्’ कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता एमाले सचिवालय बैठक सुरु