२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अत्यधिक चिसो र हुस्सुले सर्लाहीको जनजीवन प्रभावित

३ माघ २०७८, सोमबार १७:२१

माघ ३, काठमाडौँ | अत्यधिक चिसो र हुस्सुका कारण यहाँको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । 

घाम नलाग्ने र हुस्सु, शीतलहरले गर्दा सर्लाही र आसपासका जिल्लाका बासिन्दाले समस्या भोग्नुपरेको छ । बिहान र बेलुकाको समयमा लाग्ने बाक्लो हुस्सु, कुहिरोका कारण गाडी चालकले पनि समस्या भोग्दै आएका छन् । हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले पूर्वपश्चिम राजमार्गसहित अन्य भित्री सडकमा अहिले गाडी बत्ती बालेर गुड्नुपरेको छ । मौसममा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी सर्लाहीले आग्रह गरेको छ ।

अत्यधिक चिसोका कारण यहाँका वृद्ध, बालबालिका, गरिब विपन्न परिवारका व्यक्ति बढी प्रभावित भएका छन् । चिसो बढ्दा दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर पनि समस्यामा परेका छन् । चिसो छल्न सार्वजनिक ठाउँ तथा चोकचोकमा आगो बालेर ताप्न थालिएको छ । चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन, घरभित्रै बस्नुपर्ने, सावधानीपूर्वक आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडा लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै स्वास्थ्य चौकी जानुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ