२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

झोलुङ्गे पुल हेर्नेको लर्को

२०७८, ४ माघ मंगलवार ०६:०६

माघ ४, महोत्तरी | सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।

“मधेसमा झोलुङ्गे पुल त्यति बन्दैनन् नि ! त्यसैले नौलो लागेर पनि हेर्न आउने बढेका हुन्”, नगरपालिकाका उपप्रमुख शिवोदेवी साह भन्नुहुन्छ, “थपमा हिँडडुल सहजताको खुशी पनि सर्वसाधारणमा देखिएको हो ।” मटिहानी नगरपालिकाको मुख्य बजार मटिहानीबाट धिरापुर आउन–जान भइरहेको कठिनाइलाई नवनिर्मित पुलले चिरेको छ । नदीवारि मुख्य तरकारी बालीको पकेट क्षेत्र मानिने मटिहानीको धिरापुरबाट अब उत्पादित फसल बजार पु¥याउन सहज भएको  किसान बताउँछन् । खासमा मटिहानी बस्तीतिरका थुप्रै किसानको जग्गा बिग्हीपारि धिरापुरतर्फ हुँदा पुल नभएर खेतीपाती हेर्न नै असुविधा खेप्दै आएका किसानले अब राहत महसुस गरेका छन् ।

“यो झोलुङ्गे पुल नयाँ कुरा लागेर मात्र हेर्ने भीड देखिएको होइन” मटिहानी–६ मटिहानी बस्तीका किसान नूरमोहम्मद राइन भन्नुहुन्छ, “घर–खेत आउन जान एवं फसल र बजार जोड्न पुलले ठूलो काम ग¥यो, आम किसान यो खुशी साट्न पुल सञ्चालन भएको हेर्न आएका हुन् ।” सोमबार दिउँसो नगरप्रमुख हरिप्रसाद मण्डलले झोलुङ्गे पुल उद्घाटनको क्रममा रिबन काट्दै गर्दा सर्वसाधारणले जयजयकारको नारा लगाएका राइनले बताउनुभयो । 

नेपाल सरकारको सशर्त अनुदान र मटिहानी नगरपालिकाको गरी रु ५२ लाखको लागतमा झोलुङ्गे पुल तयार भएको हो । यो पुल ३२ मिटर लम्बाइ र एक दशमलव पाँच (१.५) मिटर चौडाइको रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिनुभयो । झोलुङ्गे पुलमा हिँड्दा लच्कने भएको हुँदा किशोरवय र सो उमेरमा टेक्दै गरेका बालबालिकालाई थप रमाइलो बनेको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन