2026-10-11 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको सम्बन्धविच्छेद

माघ ४, काठमाडौँ | दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरूको सम्बन्ध टुटेको जनाएका छन्। धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो।

धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरूको गोपनीयताको सम्मान गर्न आग्रह गरेका छन्। ‘हामी १८ वर्ष सँगै रह्यौं। यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं। यो यात्रामा हामीले अगाडि बढ्नका लागि एक अर्कालाई सम्झियौं र धेरै कुरा भयो। आज हाम्रो बाटो अलग्गिँदैछ। म र ऐश्वर्या एक जोडीका रूपमा अलग हुँदैछौं। हामी अहिले हरेक विषयलाई अलग-अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं। कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनीयताको अवसर दिनुहोला,’ धनुषले लेखेका छन्।

ऐश्वर्याले इन्स्टाग्राममा यस्तै किसिमको एक पोस्ट गर्दै लेखेकी छन्, ‘क्याप्सनको कुनै आवश्यकता छैन। …केबल तपाईंको समझ र मायाको खाँचो छ।’ धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरूको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन्। दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो। उनीहरूको दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध