माघ ५, डोटी Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, डोटी
२०८२, २९ चैत्र आईतवार
डोटी - DT

डोटीका गाउँ–गाउँमा पुतला नाँचको रौनक

२०७८, ५ माघ बुधबार ०७:३५

माघ ५, डोटी | जिल्लामा कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका बेला यहाँका गाउँ गाउँमा पुतला नाँच (पर्व) सुरु भएको छ । डोटीसहित यहाँका अन्य पहाडी जिल्लामा अहिले पुतला खेल्ने महिला तथा किशोरीहरुको उल्लेख्य सहभागिता रहेको देखिन्छ । 

सङ्क्रमणबाट जोगिन यहाँका स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपनि यहाँका गाउँघरमा  नाँच खेल्ने तथा अन्यपर्व मनाउने गरिएको छ । पुतला नाँचले यहाँका गाउँघरमा निकै रौनकता बढाएको देखिन्छ ।

सुदूरपश्चिमलाई चिनाउने विभिन्न कला, संस्कृति मध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाएका दिपायल सिलगढी नगरपालिका–५ की शान्ति भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुतला खेल हाम्रो मौलिक पर्व हो, वर्षको एक पटक खेल्न पाइने भएकाले हामी अहिले पुतला खेल्नमा रमाएका छौँ ।” सुदूरपश्चिमका अछाम, बझाङलगायतका गाउँमासमेत पुतला पर्व खेल सुरु भएको जनाइएको छ । परम्परागत रुपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा प्रचारप्रसार हुँदै आएको कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीका भोगेका पीडाका बारेमा बनाइएका गीत गाइने गरिन्छ । पुरानो पुस्तासँगै यो नाच विस्तारै हराउने चिन्ता बढेको महिला बताउँछन् । मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “पुतला नाँच हाम्रो सुदूरपश्चिम चिनाउने नाच (पर्व ) हो, यसलाइ जर्गेना गर्न जरुरी छ ।” नारीका मार्मिक पिरव्यथा झल्काउने यो पुतला नाच गाउँघरमा नारीले छिटो फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर बिरहका गीत गाउँदै नाच्दा सुदूरपश्चिमका पहाडी बस्तीमा बेग्लै रौनकता आउँने गर्दछ । 

पछिल्लो समयमा भने नयाँ पुस्तामा यो हस्तान्तरण हुन नसकेको जनाउँदै स्थानीयवासीमा चिन्ता व्यक्त गर्न थालेका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई नसिकाउनु र नयाँ पुस्ताले सिक्न नचाहनु पनि मुख्य कारण भएको पूर्वीचौकी गाँउपालिका–२ की कलापति साउदले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “पुराना पुस्ताले नयाँ पुस्तालाई पुतलाबारे नसिकाउँदा र जानकारी नदिँदा यो नाँच पछिल्लो समय विस्तारै लोप हुँदै गएको छ, पुतला नाँचको संरक्षण गरिनुपर्छ ।” यस पर्वको पुसको १५ गतेदेखि माघ ६ गतेसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

यहाँको परम्पराअनुसार पुस १५ गते वर्षभरिको लामो रातको रुपमा लिई रातभरी गाउँखाने कथा भन्ने, जाग्राम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातिदेखि पुतला पर्वको सुरुवात हुने गरेको अर्की स्थानीयवासी धौलीदेवी विष्टले जानकारी दिनुभयो । पुतला पर्वलाई यहाँ ठाउँ अनुसार फरक–फरक नामले भन्ने गरिन्छ । कुनै ठाउँमा पुतला तथा कुनै ठाउँमा रनपुतला भन्ने चलन रहेको उहाँको भनाइ छ । 

परापूर्व कालदेखि नै चलिआएकोले कतिपय ठाउँमा संरक्षणको लागि मठ मन्दिर, पुराना धारा, पाटीपौवा नजिकै पुतला सेलाउने गर्दछन् । यो पर्व सयौं वर्षभन्दा अगाडिदेखि सुरुआत भएको पुतला पर्वमा विवाह भएका नभएका छोरीचेली राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी डेउडालगायतका खेल खेल्ने पर्व भएको दिपायल सिलगढी नगरपालिका–४ का वडासदस्य पार्वती पार्कीले जानकारीदिनुभयो ।

 उहाँका अनुसार विवाह गरेर पराई घर गएकी छोरीबहिनी (महिला) माघी पर्व र बिसौं पर्वको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि पुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । सुदूरपश्चिमेली डेउडा, ठाँडी भाका, हुड्केली, छलिया, भुवा, पुतलालाई सुदूरको मुख्य संस्कृतिको रुपमा हेरिँदै आएको छ ।

परम्परागत रूपमा चल्दै आएको पुतला पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचारप्रसार हुँदै आएको छ । गाउँगाउँमा आपसी सद्भावको सेतु यसै पर्वले दोहोर्याएको छ । 

सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक भेषभूषा लुकेका छन्, यस्ता संस्कृतिलाई जोगाउनको लागि भए पनि पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अगाल्न जरुरी हुनुका साथै स्थानीय सरकारले कलाको संरक्षणमा ध्यान दिनुपर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमका विभिन्न संस्कृतिमध्ये पुतला पर्व मौलिक पर्व हो, सरकारी क्षेत्रबाट पनि यसको संरुक्षण गरिनु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन