माघ ६, काठमाडौँ | नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग विहे गर्न लागेकी हुन् ।
३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा विहे गर्नेगरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।
रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । तर, सम्बन्ध टुंग्याएर लामो समय उनी एक्लै बस्दै आएकी छिन् ।
एक टेलिभिजन अन्तवार्तामा रेखाले आफूले लभ र एरेन्ज विहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरू भएको हो ।