2026-10-11 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम

एजेन्सी | बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । विवाहपछि बच्चा जन्माएकी उनलाई सामाजिक परम्पराको परिबन्दले बाँधेको थियो । तर उनले हरेक महिलाहरुका लागि प्रेरणा बन्ने काम गरिन् । 

मलाइकाले २५ वर्षको उमेरमा अरबाज खानसँग विवाह गरिन् । र उनले छोरो जन्माइन् । उनले घरको समस्यालाई कहिल्यै पनि कामसँग जोडिनन् । उनी सधैं जीवनमा ग्ल्यामरस अप्रोचका साथ अगाडि बढिरहिन् जसले उनलाई सफल बनायो । 

मलाइकाले पोडकास्टका दौरान आफ्ना जीवनका तीतामिठा पलहरु सेयर गरेकी छन् । उनले भनेकी छन्, ‘जब मैले विवाहपछि आमा बन्ने फैसला गरेँ । मेरो व्यवसायिक जीवनमा कुनै असर गरिन । यो सबै महिलाहरुका लागि उदाहरण हो । मेरा आसपासका व्यक्तिहरुले मलाई धेरै कुरा सुनाए तर मैले कहिल्यै यसलाई मनमा लिइनँ ।’

मलाइका विवाह, बच्चा र सम्बन्धविच्छेदपछि पनि निरन्तर आफ्नो काममा व्यस्त छिन् । उनले आफूले गर्भवती भएको अवस्थामा पनि कामलाई निरन्तरता दिएको बताउँछिन् । उनले हिम्मत र हौसला हरेक महिलाका लागि आवश्यक चिज भएको बताउँछिन् । उनले व्यवसायिक जीवन र व्यक्तिगत जीवनलाई कहिल्यै जोड्न नहुने पनि सुझाव दिन्छिन् । उनी समझदारी र हिम्मतका साथ अगाडि बढ्न हरेक महिलाका लागि प्रेरणा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध