२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मार्तडीमा प्राधिकरणको लाइन जडान

११ माघ २०७८, मंगलवार १०:०६

माघ ११, बाजुरा | जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत्् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।

दैनिक छदेखि १० घण्टासम्म विद्युत् भार कटौतीको मार खेप्दै आएका सदरमुकामवासी उक्त लाइन जडान भएपछि खुसी भएका छन् । यही माघ ७ गतेदेखि जडान गरिएको लाइनबाट १० गते साँझदेखि नियमितरुपमा विद्युत्् उपलब्ध गराउन सकिएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलको भनाइ थियो । विसं २०४६ मा स्थापना भएको बाजुरा साना जलविद्युत्् केन्द्रले २०६६ सालदेखि विद्युत् उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर विद्युत् उपलब्ध गराउँदै आएको थियो । 

दुई सय किलोवाट क्षमताको उत्पादित विद्युत््ले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो विद्युत्् भार कटौती गर्दै आएको थियो । सदरमुकाम मार्तडीलाई लक्ष गरेर सोमबारदेखि ११ हजार भोल्टेजको लाइन जडान उपलब्ध गराइएको हो । बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सवस्टेशन निर्माण भइसकेपछि ३३ केभिएको लाइन दिनसकिने उहाँले  जानकारी दिनुभयो । | जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली