2026-09-12 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

माघ १८, काठमाडौँ | राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास निर्माण एवं अन्य गतिविधि विवेकपूर्वक तवरले गरिनुपर्छ ।”

मधेस प्रदेश ठप्प भए सम्पूर्ण देश नै ठप्प हुने बताउँदै महाप्रबन्धक राईले नेपालको चौतर्फी समुचित विकास एवं समृद्धिका लागि मधेस प्रदेशको विकास एवं समृद्धि हुनु जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशको सरकारले चालेका ‘बेटी पढाऊ, बेटी बचाऊ’, ‘बेटी बिमा’, ‘महिलालाई ५० प्रतिशत आरक्षण’ लगायत कार्यक्रमको प्रशंसा गर्नुहुँदै यस्ता कार्यक्रमले प्रदेशको विकासमा टेवा पुग्ने तथा लैङ्गिक विभेदको अन्त्य हुँदै यस प्रदेशले निकट भविष्यमै हरेक क्षेत्रमा अतुलनीय फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मधेस प्रदेश प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीलाई मधेस प्रदेश सरकारको सकारात्मक कदमलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण सुझाव दिनुभयो । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति मधेस प्रदेशको समन्वयमा प्रदेशभित्रका आठवटै जिल्लाका राससकर्मीका लागि सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा आठवटै जिल्लाका करिब दुई दर्जन राससकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस