२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नागरिकलाई बीमाको दायरामा ल्याउनु आवश्यक छः मुख्यमन्त्री भट्ट

१९ फाल्गुन २०७८, बिहीबार ०९:५५

फागुन १९, गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीयस्वरूप अनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बीमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तक्र्रियामा उहाँले बीमाका बारेमा फरकफरक बुझाइ भएकाले एकरूपता कायम गर्न बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । 

मुख्यमन्त्री भट्टले  यस प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकामा खुसी व्यक्त गर्दै विभिन्न प्रकोपका कारण हुने आर्थिक नोक्सानी कम गर्नका लागि बीमा गर्ने व्यवस्था उत्तम छ भन्नुभयोे । सोही प्रदेशका प्रमुख सचिव रामेश्वर दङ्गालले बीमा समितिको प्रादेशिक कार्यालय स्थापना पछि  प्रादेशिक सरकारसँग  समन्वयका लागि नीति बनाउनुपर्ने आवश्यकता आँैल्याउँदै  बीमाको विकास एवं विस्तारका लागि नेतृत्व लिन प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जनतालाई बीमाको दायरामा ल्याउन प्रदेश सरकारले आर्थिक सहायता एवं अनुदानको व्यवस्था, बीमाको पहुँच विस्तारका लागि समन्वय गर्न सम्पर्क व्यक्ति तोक्न र प्रदेश बीमा नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।सहभागीहरुले बीमा कम्पनीले बीमा दाबी भुक्तानी दिन ढिलाइ गर्ने गरेको र बीमा भुक्तानी माग गर्ने प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने