२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरआर निर्देशक एसएस राजामौलीले के भने नेपाली दर्शकलाई ?

१० चैत्र २०७८, बिहीबार ०६:०४

चैत १०, काठमाडौँ ।  नेपालमा त्यति धेरै साउथ इन्डियन फिल्म नचल्ने बेला प्रदर्शनमा आएको ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनी मात्र नभई प्रदर्शन गर्ने हल सञ्चालकले पनि राम्रो अर्थ आर्जन गरे । 

एक सातापछि बलिउडको ठूलो फिल्म ‘बजरंगी भाइजान’ आउँदा पनि बाहुबलीलाई असर गरेन । किनकि फिल्मलाई दर्शकले रुचाइसकेका थिए । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सीमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउँदै थिए । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभरझैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्‍याे । 

त्यसयता पनि नेपालमा साउथ इन्डियन फिल्मको दर्शक बढेका थिएनन् । बढेका थिए त केवल प्रभासका । तर, केजीएफ, साहो, पुष्पालगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । अहिले ती फिल्मका दर्शक बढेका छन् । 

भिडियो फिल्मझैँ नेपालमा प्रदर्शन हुने साउथ इन्डियन फिल्महरू रिलिजकै दिन हल आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापारपछि खिलाडी, वलीमै, राधेश्याम नेपाल आइसकेका छन् । ११ चैतमा ‘आरआरआर’ आउँदैछ । नेपाली दर्शकलाई साउथ फिल्मतर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले यो फिल्म उत्तिकै प्रतीक्षित छ । 

भारतीय फिल्मलाई विश्वभर चिनाउने र साउथ इन्डियन फिल्मलाई बलिउडको छायाँबाट बाहिर लाने श्रेय निर्देशक राजामौलीलाई नै जान्छ । आफ्नो फिल्म निर्देशन यात्रामा सफलता मात्र नभई नयाँ प्रयोगसमेत गर्न रुचाउने निर्देशक राजामौलीले कन्टेनसँगै स्टारकास्ट पनि बलियो राखेको फिल्म हो ‘आरआरआर’ । फिल्ममा साउथका दुई स्टार छन्, जुनियर एन्टीआर र रामचरण । एउटै अभिनेतालाई लिएर फिल्म बनाउन सकिए पनि निर्देशकले यसमा दुई स्टारलाई लिएका छन् । यति मात्र नभई बलिउड अर्थात् नर्थ इन्डियाका दर्शकलाई मध्यनजर गर्दै अजय देवगन थपिएका छन् । साथमा छिन् आलिया भट्ट । 

यति धेरै स्टारकास्ट लिएर पनि निर्देशक राजामौलीले कन्टेनलाई नै फोकस गरेका छन् । फिल्मी यात्रामा निरन्तर सफलताको यात्रामा अगाडि बढेका यी निर्देशकले नेपाली दर्शकलाई सम्बोधनसमेत गरेक छन् । एक भिडियोमार्फत उनले नेपाली दर्शकलाई फिल्म रिलिज हुनेबारे बताएका हुन् । ‘नमस्ते, सम्पूर्ण नेपाली दर्शकलाई । हाम्रो फिल्म आरआरआर यही मार्च २५ मा तपाईको नजिकको फिल्म हलमा हेर्नसक्नु हुनेछ । धन्यवाद, मेरोतर्फबाट माया । राजामौली’ उनले भिडियोमा भनेका छन् । 

राजामौलीले भिडियो सन्देश पठाउने बेलामा नेपालमा बाहुबालीपछि साउथ इन्डियन फिल्मको दर्शक हलमा बढेको थाहा पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको वितरकले बताएका छन् । नेपाल प्रदर्शन अधिकार लिएको वितरण कम्पनी ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताएको छ । देशभर एक सय २१ बढी पर्दामा शो हुने फिल्मको अधिकांश शोहरू फिलिङ फास्ट छन् । फिल्मको टिकट बुकिङको सट्टा काट्नै पर्ने बाध्यता हुँदा पनि दर्शकहरू फिल्मप्रति आकर्षित छन् । 

निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टिआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । बलिउडका अजय देवगन र आलिया भट्ट पनि भएकाले यो बिग बजेटको फिल्म बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो