2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकप्रिय अभिनेता स्मिथले ओस्कर समारोहमा कमेडियनलाई किन हाने थप्पड ?

चैत १४, काठमाडौं । लोकप्रिय अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा  कमेडियन क्रिस रकलाई थप्पड हानेको विषय यतिबेला चर्चामा रहेको छ ।

अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा ९४ औं ओस्कर अवार्ड समारोहमा विल स्मिथले उत्कृष्ट अभिनेताको उपाधि जिते । यद्यपि, यो भन्दा बढी चर्चा यतिबेला उनले हानेको थप्पडको रहेको छ । निकै दिग्गज अभिनेतामध्येका एक विल स्मिथले आफ्नी श्रीमती जाडा पिन्केट स्मिथलाई लागेको रोगलाई कमेडियन क्रिस रकले मजाक बनाएपछि थप्पड हानेका हुन् ।

सोमबार अवार्ड समारोहको क्रममा उनले क्रिस रकमाथि थप्पड हानेर छुट्टै चर्चा पाए । समारोहमा कमेडियन क्रिसले स्मिथकी पत्नी झाडा पिंकेटबारे ठट्टा गरेका थिए । स्मिथ नजिकै बसेकी पिंकेटले अनुहार बिगार्दै रकसँग रिसाइन् ।

त्यसबेलै स्मिथ सरासर स्टेजमा उक्लिएर रकलाई थप्पड हानिदिए । रकले भने प्रतिकार गरेनन् । बरु उनले भने, 'द्‍याट वाज नाइस !'

केही समययता एलोपेसियाका कारण कपाल झरेपछि पिंकेट स्मिथ त्यसका लागि संघर्षरत छिन् । जुन कुरालाई लिएर कमेडियन रकले सार्वजनिक स्थलमा मजाक उडाइरहेका थिए ।

स्मिथले थप्पड हानेपछि रकले प्रतिक्रिया नदिएर बरु हाँसेका थिए । स्मिथले भने थप्पड हानेर दर्शक दिर्घामा फर्किएपछि पनि रकप्रति गाली गरिरहेका देखिन्थे । उनले भनेका थिए, 'तिम्रो मुखले मेरी श्रीमतिको नाम नलिउ !'

कतिपय पश्चिमा मिडियाले भने यस विषयलाई लिएर ओस्कर अवार्ड समारोहमा उक्त अवार्ड घोषणा कार्यक्रम भन्दा पनि स्मिथको यो आक्रमण बढी चर्चामा रहेको टिप्पणी गर्न थालेका छन् ।

घटनाको झण्डै ४० मिनेटपछि नै स्मिथ सोही स्टेजमा उक्लिए तर यसपटक उनी सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्नका लागि । र यस क्रममा उनले स्टेजबाट पहिलेको घटनाबारे माफी मागेका थिए । तर रकको नाम भने उनले उच्चारण गरेनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक