चैत १५, काठमाडौं । दक्षिण भारतीय चलचित्र 'आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमै दुई सय करोड भारुभन्दा बढी व्यापार गरेको थियो । जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो 'ओपनिङ डे’ कलेक्सनसमेत हो ।
'आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतबाट १५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।
यसैगरी निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आन् । प्रदेशमा ७५ करोड, निजाममा २७ करोड ५० लाख, कर्नाटकमा १४ करोड ५० लाख, तमिलनाडु १० करोड, केरलामा चार करोड, नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।
यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशमा २५ करोडको व्यापार गरेको हो ।
एसएस राजामौलीको 'बाहुबली’ ले विश्वभर ७५ करोड कमाएको कीर्तिमानलाई यसले भङ्ग गरेको समाचार एजेन्सीले जनाइएको छ ।
'बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो । 'आरआरआर’ ले 'बाहुबली २’ को कीर्तिमान पनि तोडेको छ ।
नेपालमा पनि चलचित्रले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ ।
चलचित्रले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस साम्राज्यविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गरेको छ ।
ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एकअर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने चलचित्रलाई मुख्य कथा हो । गोरखापत्र दैनिकमा खबर छ ।