यो यो अभिव्यक्तिले चर"/>
चैत १७, काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरको न्वारानको नाम अहिले चर्चाको विषय बनिरहेको छ। उनले गत चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्ने क्रममा आफ्नो न्वारानको नाम ‘सुर्जेकुमारी’रहेको उल्लेख गरेकी थिइन।
यो यो अभिव्यक्तिले चर्चा मात्रै पाएन ट्रोल समेत बन्यो। राजनीतिदेखि फिल्म वृत्तसम्म उनको उक्त अभिव्यक्ति चर्चाको केन्द्रमा रह्यो। धेरैले उनको नाम र भनाईलाई लिएर व्यंग्य गरे।
आफूले प्रवेश गरेको दलको सान्दर्भिकता र महत्व पुष्टि गर्न उनले भनेकी थिइन् ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो। सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्नेछ। लालसलाम।’ त्यसपछि आएका टिप्पणीलाई लिएर करिश्माले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन्।
आफूमाथि टिप्पणी गर्नेप्रति कटाक्ष गर्दै करिश्माले लेखेकी छिन् ‘सूर्यकुमारी मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो।समाजिक सञ्जालका प्रयोगकर्ताले उनको यो स्टाटसलाई लिएर टिप्पणी गर्न सुरु गरिसकेका छन्।