2026-10-11 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साजिदले छाडेपछि

चैत्र २८, काठमाडौं | बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् । उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गरेका छन् । 

पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिएका थिए । यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने भएका छन् । 

पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहन्छन् । यद्यपि सलमान फिल्मको छायांकन छिट्टै गर्न चाहन्छन् । साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिएका छन् ।

यो फिल्म अब सलमान खान फिल्म्सको ब्यानरमा बन्नेछ । यसका साथै फिल्मको निर्देशनसमेत सलमान आफैँले गर्न सक्ने बताइएको छ । ‘सलमानले आफैँले निर्देशन गर्न सक्नेछन् । किनकि पछिल्लो केही वर्षयता उनले आफ्नो फिल्मको स्क्रिप्टदेखि पोस्ट प्रोडक्सनको कामसम्म नियाल्ने गरेका छन्,’ सलमानका नजिकका एक निर्माताले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध