दलसिंह गिरी/भदौ १७, कालिकोट । विगत ३ दशकदेखि निर्माणाधिन अवस्थाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/भदौ १७, कालिकोट । विगत ३ दशकदेखि निर्माणाधिन अवस्थाम"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटन मन्त्री शाहीद्धारा निर्माणधिन सुनथराली विमान स्थलको अवलोकन

१७ भाद्र २०७३, शुक्रबार १२:४३


दलसिंह गिरी/भदौ १७, कालिकोट । विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको कालिकोटको सुनथराली विमान स्थल आफ्नै कार्यकालमा निर्माणकार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता ब्यक्त गरेको एक दिन नवित्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाही आज सुनथराली विमानस्थल निरिक्षण गर्न कालिकोट पुग्नु भएको छ । 

३ दशक देखि निर्माणाधिन विमान स्थलको अवस्था र ८ महिनामै काम सम्पन्न गर्न आवश्यक बजेट ब्यवस्थापनका लागि पूर्व अवलोकन गर्न प्राविधिक टोली सहित सुनथराली विमान स्थल पुग्नु भएको हो ।

अवलोकनको शिलशिलामा काठ्माण्डौबाट फिस्टेहेलिकोप्टर मार्फत मुगुहुदै कालिकोटको सुथराली विमान स्थल पुग्नु भएका शाहीले विमान स्थल आसपासका समुदाय संग प्रत्यक्ष भेटघाट गरी निर्माणधिन विमान स्थलको अवस्था बुझ्न भएको छ ।

३ दशक पहिले बिमान स्थल निर्माणका लागि तत्कालिन प्रतिनिधि सभा सांसद तिलक प्रसाद न्यौपाने र तत्कालिन जिल्ला सभापति दिप बहादुर शाहीको संयुक्त आयोजनामा शिलान्यास गरिए पश्चात हालसम्म पनि निर्माणाधिन विमानको अवस्थाबारे बुझ्न कुनैपनि मन्त्रि विमानस्थल सम्म नपुगेकोमा पहिलो चोटी पर्यटन मन्त्री शाही स्वयम कोटवाडा पुग्नु भएको भन्दै स्थानीयवासीले विमान चट्नपाउने आशा ब्यक्त गरेका छन् ।

सडक संजाल समेत नपुगेको त्यस क्षेत्रमा ८ महिना भित्रै विमान गुड्ने आश्वासन पाएपछि स्थानीयवासीहरुको आपत्कालिन घटनामा परि समयमै उपचार नपाई ज्यान गुमाउने समस्या हट्ने भन्दै स्थानीयवासीले खुशी ब्यक्त गरेका छन् । 

मन्त्रि शाही संग आफ्ना जिज्ञासा राख्दै स्थानीयवासीहरुले विगत केही बर्ष पहिले कालिकोटकै नेता खड्क बहादुर विश्वकर्मा पर्यटन मन्त्रिहुदा जिल्ला परिषदको निहुमा जिल्ला सदरमुकाम मान्म सम्म आई बिभिन्न मेडिया मार्फत आफ्नै कार्यकालको असार मसान्त सम्म टेष्टफ्याइट गरिसक्ने घोषणा गर्नु भएको थियो तर त्यसपछि जिल्ला नै फर्किनु भएन तर हजुर मन्त्रि भएको केही दिनमै विमान स्थल सम्म पुग्नु भएको छ । 

अब कही होला भन्ने आशा जागेको भन्दै विश्वकर्माको जस्तै अवस्था हजुरले ननिम्त्याउन आग्रह गरेका छन् । उनीहरुको जिज्ञासामा शाहीले अब विगत नदोहोरिने गरी कार्ययोजना अगाडी बढाउने विश्वास दिलाउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे