2026-08-21 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादमा आमीरको ‘लाल सिंह चड्डा’, जलाइयो आमीरको पोस्टर

जेठ १५, काठमाडौँ | बलिउड अभिनेता आमीर खानको फिल्म ‘लाल सिंह चड्डा’ दर्शकका लागि प्रतिक्षित फिल्म हो । यो फिल्म ११ अगष्टमा रिलिज हुँदै छ । फिल्ममा आमीरसँगै करिना कपुर प्रमुख भूमिकामा छन् । फिल्मको ट्रेलर २९ मे अर्थात् आईपीएलको फाइनलको अवसरमा रिलिज हुँदै छ ।

तर, ट्रेलर रिलिज हुनुअघि नै फिल्म विवादमा तानिएको छ । हिन्दु संगठनले यो फिल्मको विरोध गरेका छन् । यतिमात्र होइन संगठनसँग आवद्ध व्यक्तिहरूले आमीरको पोस्टरलाई नै जलाइदिएका छन् ।

उत्तर प्रदेशको सुल्तानपुरमा हिन्दु संगठनसँग आवद्ध व्यक्तिहरूले आमीर खान र फिल्मकोविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले आमीरको पोस्टर च्यातेर बाटोमा जलाएका छन् । उनीहरूले ट्रेलर रिलिजको दिन सडकमै आएर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् ।

‘आमीर खानलाई आईपीएलमा बोलाइएको छ । आमीर प्रायः भारतको संस्कृति र सभ्यताविरुद्ध बोल्दै आएका छन् । यी तिनै आमिर हुन्, जो हिजाबको ठूलो समर्थक हुन् । उनकी छोरी फेसबुकमा कस्ता फोटो शेयर गर्छिन् भन्ने कुरा सबैलाई थाहा नै छ । यतिमात्र होइन, उनको श्रीमतीलाई पनि भारतमा बस्न डर लाग्छ ।  यस्ता व्यक्तिलाई आईपीएल व्यवस्थापनले कसरी बोलाइरहेको छ, हामीले बुझ्न सकेको छैन’, सनातन रक्षक सेनाका प्रदेश उपाध्यक्ष राहुल सिंहले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ