२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

हत्यामा संलग्नलाई पक्राउ माग गर्दै बारामा दोस्राे दिन पनि चक्काजाम

२ असार २०७९, बिहीबार १०:०३

असार २, बारा | जितपुरसिमरा उपमहानगरपालिका- ६ निवासी राकेशभक्त पौडेलको हत्या भएको ३३ दिन पूरा भए पनि प्रहरीले अहिलेसम्म दोषीहरू पत्ता लगाउन सकेको भन्दै बुधबारबाट लगातार राजमार्ग बन्द छ ।

लामो समयसम्म पनि दोषी पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधवार बिहानबाट जितपुरस्थित त्रिभुवन राजपथमा चक्काजाम गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारसहित स्थानीयले जितपुरसिमरा-७ जितपुरस्थित दुर्गा मन्दिरअगाडि मुख्य सडकमा चक्काजाम गरेका हुन् ।


घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाएर कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसहित मृतकका आफन्तहरू सडकमा उत्रिनु परेको मृतक पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताए ।

मृतक पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सिमानामा पर्ने शिव मन्दिरको अगाडि सडकको छेउमा मृतक पौडेलको पर्स बेवारिसे अवस्थामा भेटिएको थियो । पर्स भेला परेपछि घटनाको अनुसन्धानमा थप मद्दत पुगेको भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्नहरुको पहिचान गर्न सकेको छैन ।


गत २२ वैशाखमा मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठाे दाइ केदारभक्त पौडेलले बताए । 

घटनाको ९औं दिनमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अन्य सात जनालाई पनि पक्राउ गरेको थियो । 

उता प्रहरीले जितपुरसिमरा उपहमानगरपालिका वडा नम्बर ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, चित्रबहादुरका भतिज वडा नम्बर ३ का खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजितढंगले भएको भन्दै निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा त्रिभुवन राजपथमा चक्काजाम र प्रशर्दशन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान