२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो

६ असार २०७९, सोमबार ०२:२६

असार ६, जनकपुरधाम | मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । 

आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरवाहीका कारण आयोगको करोडौ बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीको आरोप छ । 

आयोगका अध्यक्ष रामसहाय यादवका निमित प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकोले करोडौ बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोग नयाँ संचरना रहेको भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी, लगायतका समान खरिदको २० लाख, कुर्सी टेबल, लगायतका फर्निचर लगायतका समान खरिदको लागि २० लाख, ४ वटा सवारी खरिदको ३ करोड रकम कार्यालय प्रमुख लापरवाहीको कारण फ्रिज हुने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए ।

सवारी खरिदका लागि जेठ ५ गते टेण्डर गरिए पनि अन्य समान खरिदका टेण्डर गर्न प्रमुख झाले अनाकानी गरिरहेको उनीहरुको भनाइ छ ।  भवन मर्मत सम्भारको लागि चालु आर्थिक वर्षमा ३० लाख वजेट विनियोजन गरिएकोमा छ । तर समयमा टेण्डर नगर्दा त्यसको पनि १० लाख रकम फ्रिज हुने पुगेको उनले बताए । 

इलेक्ट्रिोनिक्स सामग्री खरिदका लागि मुख्यमन्त्री कार्यालयका प्राविधिकले प्रक्रिया अगाडि बढाइसकेकामा झाले टेण्डर निकाली कोटेशनको भरमा समान खरिद गर्ने दाउमा रहेको उनले बताए । आर्थिक अनियमितता, सुशासन पालन गर्ने संस्था भएकोले ऐन कानुन सम्वत खरिद हुनुपर्नेमा  जोड दिइरहेका छौँ, अध्यक्ष यादवले भने,‘ हामी कोटेशनभन्दा टेण्डरको मार्फत समान खरिद गर्नुपर्ने हाम्रो भनाइ हो ।

निमित प्रमुख दानी कान्त झालाई मोबाइलमा फोन गर्दा सम्पर्कमा आएनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य