२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो

२०७९, ६ असार सोमबार ०२:२६

असार ६, जनकपुरधाम | मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरवाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । 

आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरवाहीका कारण आयोगको करोडौ बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीको आरोप छ । 

आयोगका अध्यक्ष रामसहाय यादवका निमित प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकोले करोडौ बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोग नयाँ संचरना रहेको भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी, लगायतका समान खरिदको २० लाख, कुर्सी टेबल, लगायतका फर्निचर लगायतका समान खरिदको लागि २० लाख, ४ वटा सवारी खरिदको ३ करोड रकम कार्यालय प्रमुख लापरवाहीको कारण फ्रिज हुने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए ।

सवारी खरिदका लागि जेठ ५ गते टेण्डर गरिए पनि अन्य समान खरिदका टेण्डर गर्न प्रमुख झाले अनाकानी गरिरहेको उनीहरुको भनाइ छ ।  भवन मर्मत सम्भारको लागि चालु आर्थिक वर्षमा ३० लाख वजेट विनियोजन गरिएकोमा छ । तर समयमा टेण्डर नगर्दा त्यसको पनि १० लाख रकम फ्रिज हुने पुगेको उनले बताए । 

इलेक्ट्रिोनिक्स सामग्री खरिदका लागि मुख्यमन्त्री कार्यालयका प्राविधिकले प्रक्रिया अगाडि बढाइसकेकामा झाले टेण्डर निकाली कोटेशनको भरमा समान खरिद गर्ने दाउमा रहेको उनले बताए । आर्थिक अनियमितता, सुशासन पालन गर्ने संस्था भएकोले ऐन कानुन सम्वत खरिद हुनुपर्नेमा  जोड दिइरहेका छौँ, अध्यक्ष यादवले भने,‘ हामी कोटेशनभन्दा टेण्डरको मार्फत समान खरिद गर्नुपर्ने हाम्रो भनाइ हो ।

निमित प्रमुख दानी कान्त झालाई मोबाइलमा फोन गर्दा सम्पर्कमा आएनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै