२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

मूल्यवृद्धिको विरोधमा सिमरामा अनेरास्ववियुको जुलुस

१२ असार २०७९, आईतवार ०२:०६

असार १२, बारा | मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको सिमरामा सिठी जुलुस निकालेको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठी जुलुस निकालेको हो । पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि गरेको र महँगी बढाएको भन्दै अनेरास्ववियुले जुलुसका क्रममा महँगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो ।

जनप्रतिनिधिलाई सम्मान र मधेस प्रदेश बैठक सम्पन्न

सिठी जुलुसअघि अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा रही वैबैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ, रौतहट चन्द्रपुर नगरपालिका ४ का वडाध्यक्ष रवि राना मगर, हरिवन नगरपालिका वडा नं ८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका १ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो । थिङ अनेरास्ववियु बाराको कोषाध्यक्ष, ढुंगाना सर्लाहीका अध्यक्ष, मगर र चौरसिया केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह