2026-10-11 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वास्तविक जीवनमा घृणाको पात्र बनेका यी भिलेन

एजेन्सी | बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन् । तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व अलग-अलग थियो ।

केही मात्र यस्ता कलाकार थिए, जो पर्दामा भिलेनको भूमिकामा मात्र देखिन्थे । तर यी कलाकारलाई भने त्यो चरित्र पर्दामा निभाइरहँदा वास्तविक जीवनमा चरित्रकै कारण घृणाको पात्र बन्नुपरेको थियो । यहाँ त्यस्ता केही भिलेनको बारेमा वर्णन गरिएको छ, जसले वास्तविक जीवनमा दर्शकबाट घृणाको अनुभव गरे ।

प्राण

प्राण बलिउडका एक त्यस्ता अभिनेता थिए, जसले पर्दामा अलग–अलग भूमिकाका लागि चिनिए । तर उनलाई अहिले पनि बलिउडको उत्कृष्ट भिलेनका रूपमा चिनिन्छ । वास्तविक जीवनमा प्राणले कैयौंपटक अनस्क्रिन भिलेनको भूमिकाको असर भोग्नुप¥यो । प्राणलाई फिल्म ‘उपकार’ अघि जोकोहीले सडकमा देख्दा उनलाई फटाहा, गुण्डा र आवारा जस्ता शब्द प्रयोग गर्थे । प्राणको भिलेन चरित्रले दर्शकमा यति प्रभाव जमाएको थियो कि त्यो समयका आमाबाबुले छोराको नाम प्राण नै राखेका थिए ।

The MOST MEMORABLE roles of Pran - Rediff.com movies

प्रेम चोपडा

प्रेम चोपडालाई अहिले पनि जोकोहीले देख्दा या भेट्दा उनको लोकप्रिय संवाद ‘प्रेम नाम है मेरा’ सम्झन्छन् । उनले पनि कैयौं फिल्ममा भिलेनको भूमिका निभाए पनि वास्तविक जीवनमा त्यसको पीडा भोग्नुपरेको छ । प्रेमको चरित्रलाई दर्शकले यति गम्भीर रूपमा लिए कि कोही विवाहित दर्शकको अगाडि उनी पुग्दा दर्शकले आफ्नो श्रीमती लुकाउँथे । त्यो समयमा उनले आफ्नो वास्तविक जीवनमा फिल्मको जस्तो भिलेन नभएको सम्झाउनु परेको थियो ।

Prem Chopra Height, Weight, Age, Wife, Biography & More » StarsUnfolded

रञ्जित

बलिउडमा भिलेनको कुरा गर्दा नछुट्ने नाम हो, रञ्जित । उनले फिल्ममा भिलेनको चरित्र निर्वाह गरे पनि निजी जिन्दगीमा उनले त्यो असर घरमै भोग्नुपरेको थियो । फिल्ममा उनले अभिनेत्री अथवा अन्य कोही युवतीलाई बलात्कार गरेको दृश्य हेरेका उनका बाबुआमाले रञ्जितलाई घरमा प्रवेश गर्न रोक लगाएका थिए । उनका आफन्तले पनि उनीसँग सम्बन्ध तोडेका थिए ।

Birthday Spaicel: बॉलीवुड के खलनायक रंजीत आज मना रहे अपना 74वां जन्मदिन |  Birthday Special: Bollywood villain Ranjit is celebrating his 74th birthday  today

जीवन

अभिनेता जीवनले पनि बलिउडका कैयौं फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । जसको असर उनको निजी जीवनमा राम्रैसँग प¥यो । उनी एक कार्यक्रममा सहभागिता जनाउन मुम्बई बाहिर जाँदा जब उनी ट्रेनबाट उत्रिए, त्यो समयमा एक महिलाले उनीमाथि चप्पल प्रहार गरिन् । त्यसपछि उनले ती महिलालाई आफूलाई चप्पल हान्नुको कारणबारे सोध्दा महिलाले अपशब्द प्रयोग गर्दै विश्वकै सबैभन्दा घटिया व्यक्ति भनी गाली गरेकी थिइन् ।

Bollywood Villain Jeevan: मात्र 26 रुपये लेकर घर से भागकर आ गए थे मुंबई,  बने बॉलीवुड के सबसे चर्चित खलनायक

गुलशन ग्रोवर

बलिउडमा ‘ब्याडमेन’को पहिचान बनाएका अभिनेता गुलशन ग्रोबरको पीडा पनि कम छैन । गुलशन बाल्यकालमा आमाका साथ गुरुद्वार जाँदा उनलाई जोकोहीले एक आदर्श बालक सम्झन्थे । तर जब उनले फिल्ममा भिलेन र नकारात्मक भूमिका निभाउन थाले, उनीमाथिको सोचाइमा परिवर्तन भयो । उनको आमाबाबु पनि गुलशनको फिल्मी चरित्र हेर्दा लज्जित हुन्थे ।

यसबाहेक शक्ति कपूर, अमरिश पुरी र अनुपम खेरलगायत कैयौं अभिनेताहरु आफ्नो भिलेन चरित्रका कारण वास्तविक जीवनमा घृणाको पात्र बने ।

Gulshan Grover - Wikipedia

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध